एमालेले बोलायो स्थायी कमिटी बैठक, माधव नेपाल समूह नजाने

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेले पार्टीको आन्तरिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो ३ बजे बस्ने बैठकका लागि तीन वटा एजेन्डा तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणको विषयमा छलफल हुने उनको भनाई छ ।
एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको झलनाथ खनाल–माधव कुमार नेपाल समूह भने आजको बैठकमा पनि उपस्थित नहुने जनाएको छ । उक्त समूहले यसअघिका बैठक पनि बहिस्कार गर्दै आएको थियो ।
पार्टी एकताका लागि अध्यक्ष ओलीले आफु लचक भएको विभिन्न विकल्पमा छलफल गर्न सकिने बताएपनि खनाल नेपाल समूहले एकपछि अर्को बखेडा झिकिरहेको छ ।
यसअघि हिजोका लागि तय भएको स्थायी कमिटी बैठक आजका लागि सारिएको हो । पार्टीभित्रको विवाद निरुपण गर्न गठित कार्यदलले छलफल भइरहेको जानकारी गराएपछि अध्यक्ष ओलीले बैठक आजका लागि सारेका हुन् ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया