दार्चुलाको घटनाबारे छानबिन गर्न समिति गठन
मेरोन्यूज
२०७८ साउन १७ गते १९:४७
काठमाडौँ । सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
गृह मन्त्री स्तरीय निर्णयअनुसार घटनाको स्थलगत रूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् ।
सम्बन्धित









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया