बिहीबार, चैत २६, २०८२

पहिरोले भैँसे–भीमफेदी सडक अवरुद्ध, काठमाडौं आइरहेका सवारीसाधन बाटोमै रोकिए

मेरोन्यूज २०७८ साउन १८ गते ८:३०
File Photo

काठमाडौं । भैंसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिरो झरेको छ। पहिरोका कारण आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैंसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए।

उनले धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीनरचार घण्टा लाग्ने भएकाले काठमाडौँ जाने यात्रुलाई निकै कष्ट भोग्नुपर्ने बाध्यता भएको बताए। रासस

प्रतिक्रिया