शुक्रबार, चैत २७, २०८२

लागूऔषध कोकिनसहित नौजना पक्राउ

मेरोन्यूज २०७८ साउन १८ गते २२:०४

काठमाडाैं । नेपाल प्रहरीले एक किलोे १२ ग्राम लागूऔषध कोकिनसहित नौ जनालाई पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर, गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौँ महानगरपालिका–१३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मछिन्द्र धमला रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले लागूऔषध कोकिनसहित उनीहरुलाई पक्राउ गरिएको हो । यही साउन ७ गते ५०० ग्राम कोकिनसहित चार जनालाई पक्राउ गरेको ब्यूरोले उक्त सूचनाका आधारमा थप नौ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीले गोरखाका सुरज गुरुङलाई चितवनबाट पक्राउ गरे पनि उनले काठमाडौँको तारकेश्वरमा कोकिन लुकाएर राखेको अनुसन्धानमा खुल्न आएको थियो । उक्त अनुसन्धानका आधारमा प्रहरीले सुरजसँग ६८३ ग्राम कोकिन र नगद रु तीन हजार ५७५ बरामद गरेको छ । यस्तै, ३२९ ग्राम कोकिन र नगद रु सात लाख ५० हजारसहित अञ्जुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया