अमेरिकी डलरको विनिमयदर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर सस्तो भई १ को खरिददर १ सय १८ रुपैयाँ ६५ पैसा रहेको छ ।
यस्तै विक्रिदर १ सय १९ रुपैयाँ २५ पैसा कायम छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ९४पैसा कायम छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७७ पैसा रहेको छ ।
अमेरिकी डलर युके पाउण्डसँगै साउदी अरबियन पनि घटेको छ । साउदीको रियाल १ को खरिददर ३१ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा कायम छ ।
क्यानेडियन डलर पनि घटेर १ को खरिददर ९५ रुपैयाँ २० पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ६८ पैसा कायम छ । यस्तै कतार रियाल पनि घटेर १ को खरिददर ३२ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा छ ।
यसैगरी घट्नेमा संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३० पैसा बिक्रिदर ३२ रुपैयाँ ४७ पैसा कायम रहेको छ । मलेसियन रिंगिट पनि घटेर १ को खरिददर २८ रुपैयाँ ८ पैसा बिक्रिदर २८ रुपैयाँ २२ पैसा कायम छ । केन्द्रीय बैंकका अनुसार चाइनिज युआन पनि घटेको छ ।
युआन १ को खरिददर १८ रुपैयाँ ३६ पैसा बिक्रिदर १८ रुपैयाँ ४५ पैसा छ । युरोपियन युरोदेखि केही राष्ट्रको विदेशी विनिमय दरमा बढावा आएको छ ।
युरोपियन युरोको खरिददर १ सय ४१ रुपैयाँ ५ पैसा बिक्रिदर १ सय ४१ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ७६ पैसा कायम रहेको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ ।
यसैगरि सिंगापुर डलर १ को खरिदर ८७ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ १३ पैसा छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ८९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी दक्षिण कोरियन वान सोमबार समान १०० को खरिददर १० रुपैयाँ ३१ पैसा बिक्रिदर १० रुपैयाँ ३६ पैसा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया