अमेरिकी डलरको विनिमयदर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर सस्तो भई १ को खरिददर १ सय १८ रुपैयाँ ६५ पैसा रहेको छ ।
यस्तै विक्रिदर १ सय १९ रुपैयाँ २५ पैसा कायम छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ९४पैसा कायम छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७७ पैसा रहेको छ ।
अमेरिकी डलर युके पाउण्डसँगै साउदी अरबियन पनि घटेको छ । साउदीको रियाल १ को खरिददर ३१ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा कायम छ ।
क्यानेडियन डलर पनि घटेर १ को खरिददर ९५ रुपैयाँ २० पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ६८ पैसा कायम छ । यस्तै कतार रियाल पनि घटेर १ को खरिददर ३२ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा छ ।
यसैगरी घट्नेमा संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३० पैसा बिक्रिदर ३२ रुपैयाँ ४७ पैसा कायम रहेको छ । मलेसियन रिंगिट पनि घटेर १ को खरिददर २८ रुपैयाँ ८ पैसा बिक्रिदर २८ रुपैयाँ २२ पैसा कायम छ । केन्द्रीय बैंकका अनुसार चाइनिज युआन पनि घटेको छ ।
युआन १ को खरिददर १८ रुपैयाँ ३६ पैसा बिक्रिदर १८ रुपैयाँ ४५ पैसा छ । युरोपियन युरोदेखि केही राष्ट्रको विदेशी विनिमय दरमा बढावा आएको छ ।
युरोपियन युरोको खरिददर १ सय ४१ रुपैयाँ ५ पैसा बिक्रिदर १ सय ४१ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ७६ पैसा कायम रहेको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ ।
यसैगरि सिंगापुर डलर १ को खरिदर ८७ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ १३ पैसा छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ८९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी दक्षिण कोरियन वान सोमबार समान १०० को खरिददर १० रुपैयाँ ३१ पैसा बिक्रिदर १० रुपैयाँ ३६ पैसा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
















राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
पाकिस्तानमा सुरक्षा कारबाही: पाँच आतंकवादी मारिए
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया