काठमाडौंको चमतीमा एक महिलाको हत्या, श्रीमान पक्राउ

काठमाडौं । काठमाडौंको चमतीमा एक महिलाको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १६ चमती बस्दै आएकी २८ वर्षीय बबिता राईको हत्याको अभियोगमा मृतक राईकै श्रीमान नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई पक्राउ गरिएको हो ।
बुधबार (२० साउन) बिहान करिब १ बजेतिर हत्या भएको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घाँटी थिचेर हत्या गरेको देखिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
अभियुक्त गौतामेले आफूले हत्या गरेको स्वकार गरिसकेको प्रहरीले जानकारी दिएको छ । आफूलाई दैनिक विभिन्न कुराले टचर दिएकाले हत्या गरेको प्रहरीमा बयान दिएका थिए ।
उनीहरू बिच करिब ५ वर्षअघि विवाह भएको खुलेको छ । बबिता रामेश्वरकी दोस्रो श्रीमती हुन् । उनीहरू बालाजुको एक उद्योगमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया