लेबनानको अवस्थाबारे संयुक्त राष्ट्रसंघको चिन्ता

लेबनान । लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसंघ चिन्तित रहेको राष्ट्रसंघले जानकारी दिएको छ ।
त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो संक्रमणका साथै अरु कारणले मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको छ ।
गत वर्षअघि लेबनानको राजधानी बेरुतमा रहेको एक बन्दरगाहमा भएको विस्फोटपछि देशको अवस्था निकै कमजोर भएको बताइएको छ ।
त्यसैगरी यहाँ पछिल्लो समयमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण पनि अवस्था निकै गम्भीर हुँदै गएको पनि त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघले यहाँको आर्थिक तथा स्वास्थ्यसम्बन्धी अवस्था निकै नै कमजोर भएको अवस्थामा राजनीतिक संकट पनि गहिरिँदै गएको र यहाँका विपक्षी दलले निरन्तर प्रदर्शन गर्ने गरेकोले कोभिड–१९ को महामारी बढ्दै गएको पनि बताएको छ ।
यहाँ पछिल्लो समयमा आर्थिक अवस्था बिग्रिँदै गएको र खाद्यान्नको मूल्य पनि कम्तीमा पनि ४०० प्रतिशतका दरले बढ्दै गएकोतर्फ सबैको ध्यान पुग्नुपर्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।
निरन्तरको राजनीतिक अस्थिरता, गत वर्ष भएको बन्दरगाहको विस्फोटपछि भएको ठूलो क्षतिका साथै महामारीको बढ्दो क्रमका कारण यहाँको अवस्था निकै नै दयनीय हुँदै गएकोले यसका लागि विश्वको ध्यान जानुपर्नेमा संयुक्त राष्ट्रसंघले एक विज्ञप्ति प्रकाशन गरेर आग्रह गरेको छ । रासस
















सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया