लेबनानको अवस्थाबारे संयुक्त राष्ट्रसंघको चिन्ता

लेबनान । लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसंघ चिन्तित रहेको राष्ट्रसंघले जानकारी दिएको छ ।
त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो संक्रमणका साथै अरु कारणले मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको छ ।
गत वर्षअघि लेबनानको राजधानी बेरुतमा रहेको एक बन्दरगाहमा भएको विस्फोटपछि देशको अवस्था निकै कमजोर भएको बताइएको छ ।
त्यसैगरी यहाँ पछिल्लो समयमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण पनि अवस्था निकै गम्भीर हुँदै गएको पनि त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघले यहाँको आर्थिक तथा स्वास्थ्यसम्बन्धी अवस्था निकै नै कमजोर भएको अवस्थामा राजनीतिक संकट पनि गहिरिँदै गएको र यहाँका विपक्षी दलले निरन्तर प्रदर्शन गर्ने गरेकोले कोभिड–१९ को महामारी बढ्दै गएको पनि बताएको छ ।
यहाँ पछिल्लो समयमा आर्थिक अवस्था बिग्रिँदै गएको र खाद्यान्नको मूल्य पनि कम्तीमा पनि ४०० प्रतिशतका दरले बढ्दै गएकोतर्फ सबैको ध्यान पुग्नुपर्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।
निरन्तरको राजनीतिक अस्थिरता, गत वर्ष भएको बन्दरगाहको विस्फोटपछि भएको ठूलो क्षतिका साथै महामारीको बढ्दो क्रमका कारण यहाँको अवस्था निकै नै दयनीय हुँदै गएकोले यसका लागि विश्वको ध्यान जानुपर्नेमा संयुक्त राष्ट्रसंघले एक विज्ञप्ति प्रकाशन गरेर आग्रह गरेको छ । रासस










दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया