१२७ किलो गाँजासहित तीन पक्राउ
मेरोन्यूज
२०७८ साउन २० गते २०:०४

मकवानपुर । मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् । आज बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्गबाट भारत वैशालीका ३८ वर्षीय रामराज सहनी, भारत समस्तीपुरका १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नीका ३० वर्षीय रियाजुल अन्सारीलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सडकखण्डमा वीआरइ २८३९ नम्बरको भारतीय ट्रकमा लुकाइछिपाइ ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।
सम्बन्धित
















नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया