दामियन फाउण्डेशनद्धारा टेकु अस्पताललाई २५ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । कोभिडविरुद्धको अभियानलाई सहयोग गर्ने क्रममा दामियन फाउण्डेशनले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) लाई २५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार फाउण्डेशनका नेपाल प्रतिनिधि डा सुशील कोइरालाले अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई हस्तान्तरण गरे ।
सामग्रीहरुमा १५ वटा प्यासेन्ट मोनिटर, ३०० थान पीपीई सेट र २००० थान ग्लोव्स रहेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा टेकु अस्पतालले जसरी सेवा प्रदान गरेको छ अवको सम्भावित तेस्रो लहरलाई पनि सहज ढंगले व्यवस्थापन गरोस भन्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेका हौँ । फाउण्डेशनका नेपाल प्रतिनिधि डा कोइरालाले भने ।
अस्पतालका निर्देशक डा बास्तोलाले अत्यावश्यक सामग्री सहयोग गरेकोमा फाउण्डेशनप्रति आभार व्यक्त गरे । सो अवसरमा उनले न्युनतम स्वास्थ्यका मापदण्ड पालना नगर्दा जोखिम बढेको समेत बताए ।
















पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
प्रतिक्रिया