दामियन फाउण्डेशनद्धारा टेकु अस्पताललाई २५ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । कोभिडविरुद्धको अभियानलाई सहयोग गर्ने क्रममा दामियन फाउण्डेशनले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) लाई २५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार फाउण्डेशनका नेपाल प्रतिनिधि डा सुशील कोइरालाले अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई हस्तान्तरण गरे ।
सामग्रीहरुमा १५ वटा प्यासेन्ट मोनिटर, ३०० थान पीपीई सेट र २००० थान ग्लोव्स रहेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा टेकु अस्पतालले जसरी सेवा प्रदान गरेको छ अवको सम्भावित तेस्रो लहरलाई पनि सहज ढंगले व्यवस्थापन गरोस भन्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेका हौँ । फाउण्डेशनका नेपाल प्रतिनिधि डा कोइरालाले भने ।
अस्पतालका निर्देशक डा बास्तोलाले अत्यावश्यक सामग्री सहयोग गरेकोमा फाउण्डेशनप्रति आभार व्यक्त गरे । सो अवसरमा उनले न्युनतम स्वास्थ्यका मापदण्ड पालना नगर्दा जोखिम बढेको समेत बताए ।
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया