जसपा अध्यक्ष यादवद्वारा पार्टी एकतामा आउन ठाकुर पक्षलाई आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई पार्टी एकतामा आउन अपिल गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यादवले उनले ठाकुर पक्षलाई जसपामा नै फर्कन अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘देशमा समाजवादी लोकतान्त्रीक विचार बोकेको वैकल्पिक राजनीति शक्ति निर्माण कार्यलाई मुक्तरुप दिन अहिले पनि गम्भीर रुपले लाग्नु जरुरी छ । यो यथार्थतालाई आत्मसाथ गर्दै विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बनधी निर्णय गर्नुभन्दा पूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नु भएका वा अन्यन्त्र अलमलमा पुर्न भएका पार्टीका सम्पुर्ण सार्थीहरुलाई कतै अलमलमा नपरी बीना हिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमा नै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निमार्णको महान अभियानमा साथ साथै अगाडि बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’
यादवले जसपाका नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा रहेन आग्रह गरेका छन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई दिएपछि ठाकुर पक्ष नयाँ पार्टी खोल्ने तयारीमा लागेको छ ।











हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया