बाइडेनले विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ ।
यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदुषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ ।
बिहीबार ह्वाइट हाउसद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ, “आदेशले ‘बिल्ड ब्याक बेटर’ एजेन्डाको पूर्ण आर्थिक लाभ दिन र स्मार्ट ईन्धन दक्षता र उत्सर्जन मानकहरू अघि बढाउन सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री शेयरको लक्ष्यको रूपरेखा तयार गर्न मद्दत गर्नेछ ।”
विद्युतीय सवारीसाधनमा केन्द्रित नयाँ नीतिको उद्देश्य प्रदूषण कम गर्नु, अमेरिकी परिवारहरूको पैसा बचत गर्नु र वायुलाई सफा राख्नु रहेको बताइएको छ ।
वासिङ्टन स्रोतका अनुसार विश्वभरि बढ्दो प्रविधिहरूको बावजुद, विद्युतीय र त्यसमा प्रयोग गरिने ब्याट्री निर्माण गर्ने दौडमा अमेरिका पछाडि रहेको छ । तसर्थ, बाइडेनको नयाँ एजेण्डा अमेरिकालाई विद्युतीय सवारी साधनको उत्पादन, पूर्वाधार र नवीनतामा नेतृत्व गर्ने योजनासहित आएको छ ।
विश्व बजार विद्युतीय सवारीसाधनतर्फ आकर्षित हुँदै जाँदा, नयाँ कार्यकारी आदेशले अमेरिकालाई सन् २०३० मा नयाँ यात्रुवाहक गाडीको बिक्रीबाट हरितगृह ग्याँस उत्सर्जन लाई ६० प्रतिशतभन्दा बढीले कम गर्ने बाटोमा लानेछ । रासस
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया