बाइडेनले विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ ।
यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदुषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ ।
बिहीबार ह्वाइट हाउसद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ, “आदेशले ‘बिल्ड ब्याक बेटर’ एजेन्डाको पूर्ण आर्थिक लाभ दिन र स्मार्ट ईन्धन दक्षता र उत्सर्जन मानकहरू अघि बढाउन सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री शेयरको लक्ष्यको रूपरेखा तयार गर्न मद्दत गर्नेछ ।”
विद्युतीय सवारीसाधनमा केन्द्रित नयाँ नीतिको उद्देश्य प्रदूषण कम गर्नु, अमेरिकी परिवारहरूको पैसा बचत गर्नु र वायुलाई सफा राख्नु रहेको बताइएको छ ।
वासिङ्टन स्रोतका अनुसार विश्वभरि बढ्दो प्रविधिहरूको बावजुद, विद्युतीय र त्यसमा प्रयोग गरिने ब्याट्री निर्माण गर्ने दौडमा अमेरिका पछाडि रहेको छ । तसर्थ, बाइडेनको नयाँ एजेण्डा अमेरिकालाई विद्युतीय सवारी साधनको उत्पादन, पूर्वाधार र नवीनतामा नेतृत्व गर्ने योजनासहित आएको छ ।
विश्व बजार विद्युतीय सवारीसाधनतर्फ आकर्षित हुँदै जाँदा, नयाँ कार्यकारी आदेशले अमेरिकालाई सन् २०३० मा नयाँ यात्रुवाहक गाडीको बिक्रीबाट हरितगृह ग्याँस उत्सर्जन लाई ६० प्रतिशतभन्दा बढीले कम गर्ने बाटोमा लानेछ । रासस
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया