प्रधानमन्त्री ज्यू अपराधिक कार्य गर्ने मुख्यमन्त्रीलाई कारबाही होस् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले लुम्बिनी प्रदेशसभाकी सदस्य विमला खत्री वलीलाई अपहरण र बन्धक बनाइएको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकार्षण गराएका छन् ।
नेता थापाले सांसदले नै आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको जस्ता गम्भीर अभियोग लगाउँदै गर्दा राजनीतिकभन्दा अपराधिक मुद्दा भएको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जालमा नेता थापाले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकार्षण गर्दै अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्न भएकाहरूलाई दण्डित गरिनु पर्ने माग गरेका छन् ।
‘लुम्बिनी प्रदेशसभा सदस्य (सांसद) विमलाकुमारी खत्रीले आफूलाई बन्धक बनाएको जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएकोलगायत गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन,’ उनले भने, ‘यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस् ।’
लुम्बिनी प्रदेशसभा सदस्य वलीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएको बताएकी थिइन ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया