प्रधानमन्त्री ज्यू अपराधिक कार्य गर्ने मुख्यमन्त्रीलाई कारबाही होस् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले लुम्बिनी प्रदेशसभाकी सदस्य विमला खत्री वलीलाई अपहरण र बन्धक बनाइएको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकार्षण गराएका छन् ।
नेता थापाले सांसदले नै आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको जस्ता गम्भीर अभियोग लगाउँदै गर्दा राजनीतिकभन्दा अपराधिक मुद्दा भएको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जालमा नेता थापाले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकार्षण गर्दै अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्न भएकाहरूलाई दण्डित गरिनु पर्ने माग गरेका छन् ।
‘लुम्बिनी प्रदेशसभा सदस्य (सांसद) विमलाकुमारी खत्रीले आफूलाई बन्धक बनाएको जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएकोलगायत गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन,’ उनले भने, ‘यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस् ।’
लुम्बिनी प्रदेशसभा सदस्य वलीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएको बताएकी थिइन ।
















संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया