आजको राशिफल: तपाईंको दिन कस्ताे छ थाहा पाउनुहोस
काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २२ गते शुक्रबार, श्रावण कृष्णपक्षको त्रयोदशी, उप्रान्त चतुर्दशी तिथि । आज घण्टाकर्ण चतुर्दशी रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।
मेष
बोलीमा नरमपनाको अभाव हुने भएकाले संयमित रहनु होला । पेशागत जीवन सकारात्मक रहने छ । उचित कार्य मुल्यांकन हुने छ भने थप जिम्मेबारी प्राप्त हुने छ । व्यावसायमा संलग्नहरुका लागि पनि नाफामा बृद्धि हुने छ । कामको शिलशिलामा यात्रारत रहनु पर्ने छ ।
वृष
रिसको मात्रा कडा खालको हुने भएकाले यसको नियन्त्रणमा संयमित रहनु नै उपयुक्त हुने छ । बोली भने नरम हुने हुँदा अरुलाई नबिझाउने खालको हुने छ । पेशागत जीवनमा उन्नति तथा प्रगतिका परिणामहरु आउने छन् । जसले मनमा सन्तोष उत्पन्न गराई दिने छ । आम्दानीमा पनि बृद्धि हुने छ ।
मिथुन
भाग्यहिनताले गर्दा मनमा हिनताबोध र अल्पभाषिपना आउने छ । पेशागत जीवनमा सकारात्मक प्रगतिहरु हासिल हुने छन् । नरम र लचिलो प्रकृतिको व्यक्तित्व हुँदा सबैसँग मिलनसार बानी हुने छ । परिवारको साथले गर्दा व्यक्तित्वमा दृढता आउने छ भने मनमा पनि सन्तोष उत्पन्न हुने छ ।
कर्कट
मनमा दुविधाको मात्रा अत्याधिक आउँदा निर्णय क्षमतामा कमि ल्याउने छ । दृढ प्रकृतिको व्यक्तित्व हुँदाहुँदै पनि बौद्धिकताको अभावले गर्दा सामाजिक प्रतिष्ठामा आँच आउने छ । पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ भने आरोप प्रत्यारोपको पनि सामना गर्नु पर्ने भएकाले धैर्यतापूर्वक कदम चाल्नु होला ।
सिंह
व्यक्तित्व दृढ खालको हुने भएकाले अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवनमा प्राप्त हुने प्रतिफलबाट व्यक्तित्वको प्रतिष्ठा बढ्ने छ । तर आम्दानी भने सोचे जस्तो नहुँदा प्राप्त ख्याति धान्न मुस्किल पर्न जाने छ । घर घडेरी तथा जग्गा जमिन क्षेत्रबाट फाइदा प्राप्त हुने छ ।
कन्या
आफ्नो सपना तथा लक्ष्य पुरा गर्नका लागि समर्पित हुने तथा क्रियाशिल रहने व्यक्तित्व हुने हुँदा अरुले पनि सम्मान गर्ने छन् । पेशागत क्षेत्र शुभ नै रहने छ भने कमाईको मात्रामा पनि बढोत्तरी हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले सतर्कतापूर्वक पाइला चाल्नु होला ।
तुला
भाग्यको बलियो साथ रहेकाले बोलीको प्रभाव बढ्न जाने छ भने आम्दानीमा पनि बढोत्तरी हुने छ । पेशागत जीवनमा प्राप्त हुने प्रतिफलले भाग्य निर्माण गर्ने छ । पेशागत क्षेत्रमा पदोन्नति तथा कदर प्राप्त हुने छ । कार्य मुल्यांकनमा सन्तोषजनक नतिजा प्राप्त हुने छ ।
वृश्चिक
कमाईमा बृद्धि हुने छ । राम्रो परिणामहरु आउँदा आउँदै पनि मनमा भने सन्तोषको भाव आउने छैन, निराशाले गाँज्ने भएकाले मन नियन्त्रणमा प्रयास गर्नु पर्ने देखिन्छ । पेशागत जीवनमा विशेष प्रकृतिको लाभ प्राप्त हुने छ । व्यावसायीको हकमा भने धेरै जोखिम भन्दा निरन्तरतामा जोड दिँदा उचित हुने छ ।
धनु
प्रतिष्पर्धात्मक स्वाभाव कायम हुने भएकाले अरुबाट हेपिनबाट जोगिने छ । तर उल्झनहरुको भने सामना गरेरै अघि बढ्नु पर्ने बाध्यात्मक अवस्था रहने छ । पेशागत जीवनमा द्वन्दात्मक वातावरण उत्पन्न हुन जाने छ । साझेदारमा गरिएका कामहरु नतिजामुखि बन्ने छन् । बोलीमा आउने रुखोपनाले जीवनमा व्यवधान ल्याउने भएकाले संयमित रहनु होला ।
मकर
दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । तर कतिपय सन्दर्भमा अत्याधिक कडाखालको सोच देखिने भएकाले यस्ता विषयमा लचक रहनु व्यावहारिक हुने छ । पेशागत जीवन औसत खालको रहने छ । आम्दानीको अंश अनुत्पादक क्षेत्रमा धसिन जाने चुनौति देखिएकाले निकै सोच विचार गरेर मात्र आम्दानीको हिस्सा परिचालन गर्नु उचित हुने छ ।
कुम्भ
अध्ययन अध्यापनमा सुस्ताता आएता पनि बौद्धिक छविमा कुनै कमि आउने छैन् । कल्याणकारी सोचाई भएको व्यक्तित्व बन्ने छ । बोलीको प्रभावकारितामा कमि देखिने भएकाले संयमितता अपनाउनु होला । जीवनसाथिको सल्लाह बमोजिम कदम चालेमा पेशागत जीवनलाई स्थिर बनाउन ठुलो मद्धत पुग्ने छ ।
मीन
भाग्यहिनताको अवस्थाले गर्दा उन्नतिका क्रमहरुमा बाधा ब्यवधानहरु निरन्तर उत्पन्न हुँदा निराशा छाउने छ । व्यक्तित्वमा शिथिलता देखा पर्न जाने छ । कमाईको मात्रामा हुने हल्का बृद्धिले केही राहत अवश्य प्रदान गर्ने छ । पेशागत जीवनमा चुनौतिपूर्ण समय सक्रिय रहेकाले निकै धैर्यतासाथ व्यावहार गर्नु नै उचित हुने छ ।
ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया