सांसद राजभण्डारीद्वारा बाढीपहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले कांग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेको छ ।
देशका विभिन्न भागमा गएको विनाशकारी बाढीपहिराका कारण पुगेको जनधनको ठूलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग गरेको हो ।
उक्त समितिको सहसंयोजकसमेत रहनुभएका सांसद राजभण्डारीले समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतलाई उक्त रकम हस्तान्तरण गरे। देशभर बाढीपहिराले क्षति पु¥याएपछि कांग्रेसले केन्द्रीय सदस्य बस्नेतको संयोजकत्वमा ११ सदस्यीय समिति निर्माण गरेको थियो । उक्त समितिको सहसंयोजकमा राजभण्डारी, सचिवमा कांग्रेस केन्द्रीय सदस्य किरण गिरी, कोषाध्यक्षमा केन्द्रीय सदस्य कल्पना चौधरी रहेको छ ।
यस्तै सदस्यमा कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ, प्रतिनिधिसभा सदस्य रामबहादुर विष्ट, पूर्वसांसद बहादुरसिंह थापा, संविधानसभा सदस्य राजीवविक्रम शाह, तीर्थबहादुर लामा, महासमिति सदस्य ललितजङ्ग शाही, देवराज चालिसे र नागिना यादव रहेको छ । उक्त समन्वय समितिले बाढीपहिराको क्षतिको आकलन गरी पीडितलाई राहतकार्यमा सहयोग पु¥याउनेछ । रासस











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया