सांसद राजभण्डारीद्वारा बाढीपहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले कांग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेको छ ।
देशका विभिन्न भागमा गएको विनाशकारी बाढीपहिराका कारण पुगेको जनधनको ठूलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग गरेको हो ।
उक्त समितिको सहसंयोजकसमेत रहनुभएका सांसद राजभण्डारीले समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतलाई उक्त रकम हस्तान्तरण गरे। देशभर बाढीपहिराले क्षति पु¥याएपछि कांग्रेसले केन्द्रीय सदस्य बस्नेतको संयोजकत्वमा ११ सदस्यीय समिति निर्माण गरेको थियो । उक्त समितिको सहसंयोजकमा राजभण्डारी, सचिवमा कांग्रेस केन्द्रीय सदस्य किरण गिरी, कोषाध्यक्षमा केन्द्रीय सदस्य कल्पना चौधरी रहेको छ ।
यस्तै सदस्यमा कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ, प्रतिनिधिसभा सदस्य रामबहादुर विष्ट, पूर्वसांसद बहादुरसिंह थापा, संविधानसभा सदस्य राजीवविक्रम शाह, तीर्थबहादुर लामा, महासमिति सदस्य ललितजङ्ग शाही, देवराज चालिसे र नागिना यादव रहेको छ । उक्त समन्वय समितिले बाढीपहिराको क्षतिको आकलन गरी पीडितलाई राहतकार्यमा सहयोग पु¥याउनेछ । रासस










रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया