माओवादीको चार निर्णय : मन्त्री भने अझै छानिएनन्

काठमाडौं । माओवादी केन्द्रले सरकारको पूर्णताका विषयमा आफनो पार्टीबाट थप मन्त्रीहरुको विषयमा पाटीृ स्थायी कमिटि बैठकमा अझै छलफल गरेको छैन । सत्ता गठवन्धनले २४ दिन यता मन्त्रीमण्डल लाई पूर्णता दिने विषयमा कुनै औपचाकिर निर्णय लिन नसक्दा प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन ।
तर माओवादी स्थायी कमिटिको शुक्रवार पार्टी मुख्यालय पेरिसडाडामा बसेको बैठकले छिटै सरकारले पूर्णता पाउने विश्वास भने लिएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रालयको भागवन्डा सत्ता सहयात्री दलहरुका वीचमा भईनसकेकोले पाटीृ बैठकमा कसलाइृ मन्त्री बनाउने भन्ने विषयमा कुनै कुराकानी नभएको जानकारी दिए । श्रेष्ठले भने, – मन्त्री पठाउने विषयमा पार्टी स्थायी कमिटि बैठकमा छलफल भएन । मन्त्रालयहरुको विभाजन नै अहिलेसम्म भएको छैन । त्यसकारणले कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउने भन्ने टुग्गो नलागीकन हामीले ब्यीक्तका बारेमा प्रवेश गरेर मन्त्री छान्ने कुरा भएन । गठबन्धन दलहरुका वीचमा छलफल भएर मन्त्रालयको वारेमा निर्णय होला । सम्भवत अवको एक दुई दिनमै मन्त्रीपरिषद्ले पूर्णता पाउला ।
शुक्रवारको माओवादी वैठकले गरेका निर्णयबारे यसो भन्छन् प्रवक्ता श्रेष्ठ :
- कार्यदलले बनाएको साझा न्यूनतम कार्यक्रम शीर्ष नेतालाई वुझाएको छ । त्यसवारेमा अध्यक्षले आज वैठकलाई जानकारी गराउनु भयो । वैठकले तत्काल गठवन्धनको तर्फबाट उक्त साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गरयौं । कार्यदललाई साझा कार्यक्रम निर्माणका लागि धन्यवाद दिने निर्णय गर्यौं ।
- दोस्रो संविधान तथा कानुनका आधारमा सकुुम्वासी, भूमिहिन किसान, दलित, अब्यवस्थित बसोबास समाधान तथा कार्यानवयन गर्न अविलम्व उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसाग अनुरोध गर्ने निर्णय गरेको छ ।
- तेस्रो नेकपा माओवादीका तर्फबाट लुम्विनी प्रदेशका सभासद माननिय बिमला वलीले सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरी आफुलाइृ दाडवाट अपहरण गरी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा वनधक बनाईएको तथ्य सार्वजनिक गर्नुभएको प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकषर्ण भएको छ । यो घटना नेपालको लोकतन्त्र, राजनीतिक मानवअिधकार र ब्यीक्तको स्वतन्त्रतामाथी लज्जास्पद,निष्कृष्ट, अपराधिक घटना हो । माओवादी यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । राजनीतिको यो हदसम्मको भष्टिकरण, स्खलन र अपराधिकरणवाट मुलुकलाई बचाउन आवश्यक सवै लोकतान्त्रिक उपाय अवलम्वन गर्ने कदमका निम्क्ति सम्वन्धित सवैलाइ अपिल गर्दछ ।
- त्यसैगरी हाम्रो पार्टीले छिटै सरकारले पूर्णता पाउने अपेक्षा पनि गरेको छ ।

















यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया