तपाईका बालबच्चाले के हेर्छन् इन्टरनेटमा ?
आफ्ना बालबालिकाहरुले इन्टरनेटमा कस्ता समाग्री हेर्छन् त्यसमा अभिभावकले ध्यान दिन जरुरी छ । इन्टरनेटको लामो प्रयोगले बालबालिकामा शारीरिक र मानसिक असर गर्छ

बालबालिकाहरुमा इन्टरनेट बढी समय बस्दा विभिन्न शारीरिक तथा मानसिक समस्या देखिने गरेको छ । बालबालिकाहरुमा शारीरिक रुपमा सक्रिय हुनु पर्ने समयमा त्यो हुन पाउँदैन् । उनीहरुलाई दिक्क लाग्ने, बोल्न मन नलाग्नेलगायतका समस्या साामाजिक सञ्जाल हेर्दा देखिएको छ ।
लामो समयसम्म इन्टरनेटमा बस्दा इन्टरनेट लत उनीहरुमा बस्छ । उमेरअनुसार बालबालिकाहरुमा फरक फरक समस्या देखिने गर्छ । जति साना बालबालिका छन्, उनीहरुमा शारीरिक गतिविधिहरु कम हुने हुँदा उनीहरुका तौलहरु बढ्ने र चिटचिटापन हुने हुन्छ ।
अर्को १० वर्षभन्दा माथिका बालबालिकाहरुले अनलाइन बढी चलाउने गरेको देखिएको छ । बालबालिकाहरु पनि सामाजिक सञ्जालबाट हुने विभिन्न दुर्व्यव्यहारमा पर्ने गरेको देखिएको छ । चाहिनेभन्दा नचाहिने भिडियोहरु हेर्ने गरेकाले कारण उनीहरु एक्लै बस्न रुचाउने ,परिवारसँग घुलमिल गर्न नरुचाउने खालको देखिएको छ ।
पहिला बालबालिकाहरुले सामाजिक सञ्जाल वा अनलाइन लामो समयसम्म बस्न पाउँदैन थिए । अहिले कोरोनाका कारण स्कुलहरु बन्द छन् । स्कुलहरुको अनलाइन कक्षा भइरहेको छ । अनलाइन कक्षाका लागि बालबालिकाहरुका लागि मोबाइल वा ल्यापटप दिनै पर्यो । उनीहरु अनलाइनमा बस्दा कोसँग कसरी बोलेका छन् ? कस्ता गतिविधि गरिरहेका छन् ? त्यसमा पनि अभिभावकले ध्यान दिनु जरुरी छ ।
केही दिनअघि एक जना ७ वर्षका बालकका आमाबुबा आउनु भएको थियो । ती बालकले आफैले ठूलो मान्छे जसरी बाबुआमालाई तह लगाएर राखेका रहेछन् ।
अर्को अभिभावकहरुलाई पनि बालबालिकालाई इन्टरनेट चलाउन दिँदा अरु काम गर्न सजिलो भयो । तर केही समयको लागि सजिलो होला तर पछि अन्य समस्या थपिन थाल्छ ।
बाबुआमाले इन्टरनेट भिडियो हेर्न, मोबाइल दिएन भनेर जिद्धी गरेमा बालबालिकालाई विभिन्न तरिकाले सम्झाउने कोशिश गर्नु पर्छ ।
केही दिनअघि एक जना ७ वर्षका बालकका आमाबुबा आउनु भएको थियो । ती बालकले आफैले ठूलो मान्छे जसरी बाबुआमालाई तह लगाएर राखेका रहेछन् । जे माग्यो त्यही दिनु पर्ने, खाना नै नखाने, रिसाएर बस्ने, आमाबुबालाई तीन चार दिनसम्म त्यस्तो गरेपछि डर लाग्दो रहेछ । त्यस्तो समस्या देखिएपछि ति बालकका अभिभावक म कहाँ आउनु भयो ।
धेरै अभिभावकहरुले मलाई प्रश्न गरिरहनु भएको हुन्छ , कतिपय बालबालिकाहरुले आत्महत्या गरेको सुन्छौँ, मेरो बच्चाले पनि त्यस्तै गर्ने हुन कि भन्ने डर लाग्छ । त्यस कारण पनि जे माग्यो त्यही दिन्छौँ । धेरै अभिभावकहरुले मेरो बाबु नानीलाई घरमा बस्दा बस्दा दिक्क लाग्यो होला भनेर टिकटक हेर भनेको देखिन्छ । तर त्यो टिकटकमा बालबालिकाहरुले कस्ता कस्ता सामाग्री राखेका छन् ? त्यस्ता कुराको गलत प्रयोग भएको छैन भनेर सचेत हुन जरुरी छ ।
बालबालिकाहरुले फेसबुक र टिकटिकमा राखेका फोटोको गलत प्रयोग गरेको घटनासमेत देखिएको छ । कतिपय अभिभावकहरुले खाना खान पनि नमान्ने, रातभरि अनलाइन गेम खेल्ने, विभिन्न भिडियो हेर्ने, सुत्नै नमान्ने गरेको बालबालिकाहरुको समस्या लिएर आउने गर्नु भएको छ ।
केही बालबालिकाहरुले नराम्रो धम्की दिने गर्दा अभिभावकहरुले पनि यो नियन्त्रण नै हुँदैन भन्ने अवस्थामा पुग्नु भएको हुँदो रहेछ । तर बालबालिकालाई गाली नै गर्नु पर्छ भन्ने हुँदैन । अभिभावकहरुले मनोविद्सँग केही कुरा गर्दा थप आइडिया हुन्छ भन्ने गरेको छु ।
अभिभावकहरुले पनि बालबालिकाहरुको कुरा सुन्न जरुरी छ । आफ्ना बालबालिकाले अनलाइनमा के गरिरहेको छ । त्यो याद गर्न जरुरी छ । उनीहरुलाई समय दिने, कुरा गर्ने, उनीहरुसँग खेलिदिने गर्नुपर्छ । बालबालिकाहरुलाई अभिभावकले समय दिनुपर्छ ।
(मनोविद् कुँवरसँग मेरोन्युजकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित )
















एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया