खोप सहयोग गरेपछि भुटानी नरेशलाई प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सघाएकामा भूटानका नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।
महामारीका बेला दूई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएर भूटानले प्रस्तुत गरेको मैत्रीभावको स्वागत गर्दै प्रधानमन्त्री देउवाले त्यहाँका नरेश जिग्मे खेसर नामग्याल वाङचुक र प्रधानमन्त्री डा लोटे छिरिङप्रति कृतज्ञता ज्ञापन गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूटानी नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै उक्त सहयोगको बदलामा भविष्यमा नेपालले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कोभिडको विश्वव्यापी महामारीको कठिन अवस्थामा सबै नेपालीलाई समयमै खोप लगाउने नेपाल सरकारको प्रतिबद्धताअनुरुप खोप प्राप्तिका लागि हरसम्भव विकल्प अपनाएर सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेको छ । त्यसैसन्दर्भमा भूटानबाट प्राप्त खोप आज काठमाडौँ ल्याइएको हो ।
















संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया