खोप सहयोग गरेपछि भुटानी नरेशलाई प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सघाएकामा भूटानका नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।
महामारीका बेला दूई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएर भूटानले प्रस्तुत गरेको मैत्रीभावको स्वागत गर्दै प्रधानमन्त्री देउवाले त्यहाँका नरेश जिग्मे खेसर नामग्याल वाङचुक र प्रधानमन्त्री डा लोटे छिरिङप्रति कृतज्ञता ज्ञापन गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूटानी नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै उक्त सहयोगको बदलामा भविष्यमा नेपालले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कोभिडको विश्वव्यापी महामारीको कठिन अवस्थामा सबै नेपालीलाई समयमै खोप लगाउने नेपाल सरकारको प्रतिबद्धताअनुरुप खोप प्राप्तिका लागि हरसम्भव विकल्प अपनाएर सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेको छ । त्यसैसन्दर्भमा भूटानबाट प्राप्त खोप आज काठमाडौँ ल्याइएको हो ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया