खसी भन्दै झुक्याएर बाख्राको मासु बेच्ने ४ भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७८ साउन २३ गते १४:०७

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट खसीको मासु भन्दै बाख्राको मासु बेच्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसीलाई पक्राउ गरेको हो ।
शनिबार बिहान ५ बजे खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्राको पहिचान खुल्ने अंगहरु लुकाएर मासु बेच्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेले बिक्रीका लागि राखिएको खसीको मासुमा बाख्राका पहिचान खुल्ने अंग लुकाएर बाख्रीको मासु मिसाएर बेच्दै आएका थिए ।
प्रहरीले बिक्रीका लागि राखिएको १५ वटा बाख्रा, बाख्राको अंग लुकाएर बेच्न राखिएको मासुसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया