जसपाको ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले आज थप चार जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
शुक्रबारबाट अगुवा कार्यकर्ता भेला सुरु गरेको उक्त समुहले आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागेको हो ।
सुनसरीमा सुरेन्द्र झा, सन्तोष मेहता, जय प्रकाश ठाकुर, अरविन्द साहले सम्वोधन गर्नेछन् ।
सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले सम्वोधन गर्दा रुपन्देहीमा सर्वेन्द्र नाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंह, तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरी ,राजकुमार लेखी, दान बहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता केशव झाले जानकारी दिए ।
कपिलवस्तु र रौतहटमा तय भएको आजको कार्यक्रम भने स्थगित भएको छ । प्राविधिक कठिनाइका कारण दुई जिल्लाको कार्यक्रम स्थगित भएको नेता झाले बताए ।
उक्त समूहले शनिबार झापा, धनुषा, पर्सा र कैलालीमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो । ठाकुर पक्षले शुक्रबार पहिलो दिन सिरहा, सप्तरी, महोत्तरी र बारामा अगुवा कार्यकर्ता भेला गरेको थियो ।
ठाकुर पक्षको यो भेलालाई नयाँ पार्टी गठनको मार्गचित्रका रुपमा लिइएको छ । निर्वाचन आयोगले हेड काउन्ट मार्फत जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष जसपाभित्रै बसेर समानान्तर गतिविधीमा सक्रिय भएको हो ।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया