जसपाको ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले आज थप चार जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
शुक्रबारबाट अगुवा कार्यकर्ता भेला सुरु गरेको उक्त समुहले आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागेको हो ।
सुनसरीमा सुरेन्द्र झा, सन्तोष मेहता, जय प्रकाश ठाकुर, अरविन्द साहले सम्वोधन गर्नेछन् ।
सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले सम्वोधन गर्दा रुपन्देहीमा सर्वेन्द्र नाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंह, तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरी ,राजकुमार लेखी, दान बहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता केशव झाले जानकारी दिए ।
कपिलवस्तु र रौतहटमा तय भएको आजको कार्यक्रम भने स्थगित भएको छ । प्राविधिक कठिनाइका कारण दुई जिल्लाको कार्यक्रम स्थगित भएको नेता झाले बताए ।
उक्त समूहले शनिबार झापा, धनुषा, पर्सा र कैलालीमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो । ठाकुर पक्षले शुक्रबार पहिलो दिन सिरहा, सप्तरी, महोत्तरी र बारामा अगुवा कार्यकर्ता भेला गरेको थियो ।
ठाकुर पक्षको यो भेलालाई नयाँ पार्टी गठनको मार्गचित्रका रुपमा लिइएको छ । निर्वाचन आयोगले हेड काउन्ट मार्फत जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष जसपाभित्रै बसेर समानान्तर गतिविधीमा सक्रिय भएको हो ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया