रोल्पामा प्रहरी चौकीः ध्वंशमा गति, निर्माणमा सुस्त

रोल्पा । दश वर्षमा २३ प्रहरी चौकी ध्वस्त भएको रोल्पामा निर्माणले भने गति लिन सकेको छैन । शान्ति प्रक्रियाको १४ वर्षमा चारवटा प्रहरी चौकीमात्रै निर्माण सम्पन्न भएका छन् ।
दशवर्षे सशस्त्र द्वन्दमा ३९ स्थानमा विस्तार गरिएका प्रहरी चौकीमध्ये २३ प्रहरी चौकी तत्कालीन विद्रोही माओवादीले ध्वस्त पारेको थियो । ध्वस्त पारिएका प्रहरी चौकीमध्ये हालसम्म होलेरी, सुलिचौर, पोवाङ र घर्तीगाउँमा मात्रै निर्माण सम्पन्न गरिएको छ ।
यसैगरी जुगार र थवाङको प्रहरी चौकी निर्माणको अन्तिम चरणमा रहेको छ । पछिल्लोपटक रोल्पा र प्यूठानको सिमाना खुङ्ग्रीमा समेत अत्याधुनिक प्रहरी चौकी बन्ने गरि शिलान्यास गरिएको छ ।
निर्माण सम्पन्न, निर्माणाधीन र शिलान्याससमेत गरी जिल्ला प्रहरी कार्यालय मातहतका नयाँ सातवटा संरचना बन्न लागेको जिल्लाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
“जिल्लाका अन्य प्रहरी चौकी पनि क्रमशः पुनःनिर्माण हुँदै जानेछन्”, सुवेदीले भने ।
द्वन्दमा रातारात ध्वस्त पारिएका ती चौकीको निर्माणले भने गति लिन सकेका छैनन् । प्रहरी चौकी निर्माणमा सरकारले विभिन्न दातृ निकाय गुहार्ने गरेको छ । जिल्लाको थवाङ र जुगारका प्रहरी चौकी बेलायती सहयोग नियोग (डिएफआइडी)को सहयोगमा निर्माण गरिएका हुन् ।
गाउँगाउँमा विस्तार भएका प्रहरी चौकी विसं २०५६ मा जिल्ला सदरमुकाम खुम्चिएका थिए । इलाका प्रहरी कार्यालय घर्तीगाउँमा आक्रमण गरी प्रहरी निरीक्षकसहित २१ प्रहरीको हत्या गरेपछि प्रहरी चौकी छाडेर जिल्ला सदरमुकाम आएसँगै गाउँमा खाली अवस्थामा रहेका प्रहरी चौकी माओवादी विद्रोहीले आक्रमण गरी ध्वस्त बनाएका थिए । ती ध्वस्त संरचना निर्माणमा अहिले राज्यले करोडौं खर्च गरिरहेको छ ।
शान्ति प्रक्रियापछि शान्ति सुरक्षाका लागि साविककै ठाउँमा फर्कनुपर्दा प्रहरीले सुरक्षित प्रहरी चौकीको सामना गरिरहेको बेला अत्याधुनिक प्रहरी चौकी बन्न लागेका हुन् ।
ध्वस्तमध्ये केही प्रहरी चौकी निर्माणारम्भ भए पनि अझै ठूलो सङ्ख्याका प्रहरी चौकी भने भाडाका घरबाट सञ्चालित छन् । जिल्लाका ती प्रहरी चौकीको भाडास्वरुप सरकारले वार्षिक १७ लाख रुपैयाँ व्ययभार बेहोर्दै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया