प्रहरी हिरासतमा रहेका एक पुरूषको मृत्यु

काठमाडौं । चोरीको आरोपमा पक्राउ परेका एक जनाको सिन्धुपाल्चोक प्रहरी हिरासतमा मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्कबहादुर तामाङको मृत्यु भएको हो ।
एक जनाको एक लाख, सहकारी फुटाएर ८१ हजार ७२५ रुपैयाँ चोरेको आरोप लागेका तामाङ गत शुक्रबार बिहान धुलिखेल अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) राजन अधिकारीका अनुसार तामाङलाई चोरीको मुद्दामा प्रहरीले साउन १८ गते नियन्त्रणमा लिएको थियो ।
उनको मृत्युको कारण खुलिसकेको छैन । सव परिक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पठाईएको एसपी अधिकारीले बताए । उनले भने,‘चोरीको अभियोगमा उनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेका थियौ, उहाँ विरामी हुनुहुन्थ्यो तर के विरामी अझै खुलेको छैन तर २२ गते बिहान भने उनलाई प्रहरीले छटपटाइरहेको अवस्थामा फेला पारेपछि हामीले स्वास्थ्य चौकीमा लग्यौं ।’ उनले भने,‘चौकीले अस्पताल लग्नु पर्छ भनेको हुँदा हामीले धुलिखेल अस्पताल लगेका थियौं, तर त्यहाँ पुगेलगत्तै उनको मृत्यु भयो ।’
प्रहरी हिरासतमा हुँदा पनि अस्वभाविक व्यवहार देखाउने तामाङ बिरामी भएको भन्ने जानकारी परिवार समेतलाई पनि दिइएको प्रहरीले जनाएको छ । प्रहरीले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया