प्रहरी हिरासतमा रहेका एक पुरूषको मृत्यु

काठमाडौं । चोरीको आरोपमा पक्राउ परेका एक जनाको सिन्धुपाल्चोक प्रहरी हिरासतमा मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्कबहादुर तामाङको मृत्यु भएको हो ।
एक जनाको एक लाख, सहकारी फुटाएर ८१ हजार ७२५ रुपैयाँ चोरेको आरोप लागेका तामाङ गत शुक्रबार बिहान धुलिखेल अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) राजन अधिकारीका अनुसार तामाङलाई चोरीको मुद्दामा प्रहरीले साउन १८ गते नियन्त्रणमा लिएको थियो ।
उनको मृत्युको कारण खुलिसकेको छैन । सव परिक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पठाईएको एसपी अधिकारीले बताए । उनले भने,‘चोरीको अभियोगमा उनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेका थियौ, उहाँ विरामी हुनुहुन्थ्यो तर के विरामी अझै खुलेको छैन तर २२ गते बिहान भने उनलाई प्रहरीले छटपटाइरहेको अवस्थामा फेला पारेपछि हामीले स्वास्थ्य चौकीमा लग्यौं ।’ उनले भने,‘चौकीले अस्पताल लग्नु पर्छ भनेको हुँदा हामीले धुलिखेल अस्पताल लगेका थियौं, तर त्यहाँ पुगेलगत्तै उनको मृत्यु भयो ।’
प्रहरी हिरासतमा हुँदा पनि अस्वभाविक व्यवहार देखाउने तामाङ बिरामी भएको भन्ने जानकारी परिवार समेतलाई पनि दिइएको प्रहरीले जनाएको छ । प्रहरीले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया