एक वर्षमा २८ हजार सवारीसाधन कारवाहीमा
१३२ सडक दुर्घटनामा ७४ व्यक्तिको मृत्यु

चन्द्रौटा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले एक वर्षमा २८ हजार ७८८ सवारीसाधनलाई कारवाही गरेको छ । ट्राफिक नियम उलङ्घन गरी सञ्चालनमा रहेका सवारीसाधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
उक्त कारवाहीमा परेका सवारीसाधनबाट रु एक करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कूल १६ हजार ८७ सवारी कारवाहीमा परेका थिए । त्यसबाट रु ८८ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो ।
सवारीसाधन कारवाही भएकामध्ये सबैभन्दा बढी ट्रक छन् । ट्रक मात्र २१ हजार ७८३ कारवाहीमा परेका छन् । दोस्रोमा मोटरसाइकल तीन हजार २८८ कारवाहीमा परेका छन् । त्यसैगरी कारवाहीमा परेका जीप, कार दुई हजार २९१, बस ४७१ रहेका छन् भने ट्याक्टर ६८३ र अटोरिक्सा २७२ गरी कूल २८ हजार ७८८ सवारीसाधन कारवाहीमा परेका प्रहरी निरीक्षक क्षेत्रीले बताए ।
ट्राफिक नियम उलङ्घन गरी सार्वजनिक यातायातमा सिट भन्दा बढी यात्रु बोक्नु, कागजात नवीकरण नगरेको, हेल्मेट प्रयोग नगरेको, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेको सवारीलाई कारवाही गरी राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी नायब निरीक्षक हरिबहादुर जिसीले बताए ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १३२ सडक दुर्घटना भएकामा ७४ व्यक्तिको मृत्युु भएको छ भने १४७ व्यक्ति घाइते भएका थिए । रासस
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया