जसपामा खोसियो ठाकुरको अध्यक्ष पद, अन्य १८ जना पनि पदमुक्त

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्षको सूचिबाट महन्थ ठाकुरको नाम हटेको छ । निर्वाचन आयोगको विवरणमा ठाकुरसहित उनी पक्षमा लागेका १८ जना केन्द्य्रीय नेताहरुको नाम समेत हटेको छ ।
आयोगले जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यावधिक गर्न दिएको निवेदनका आधारमा महन्थसहित १८ जना नेताहरुको नाम पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट हटाएर निर्वाचन आयोगले अध्यावधिक गरिदिएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।
‘निर्वाचन आयोगले जसपाको आधिकारिता विवादमा उपेन्द्र यादव पक्षलाई वैधानिकता दिएपछि उहाँहरुले नयाँ विवरण अध्यावधिक गर्न आयोगमा निवेदन दिनुभएको थियो, सोही आधारमा जसपाको केन्द्य्रीय कार्याकारिणी समिति ३५ जना रहने गरी नयाँ अध्यावधिक गरिएको छ,’ आयोग सचिव अधिकारीले भने ।
यस अगाडी महन्थ राजेन्द्रसहित जसपाको केन्द्य्रीय कार्याकारिणी समिति ५१ सदस्यीय रहेको थियो । अव जसपामा एक जना मात्र अध्यक्ष छन्, उपेन्द्र यादव ।
आयोगको विवरणमै महन्थसहित राजेन्द्र महतो, सरदसिंह भण्डारी लगायत १६ नेताको नाम केन्द्रीय कार्यकारिणी समितिमा नरहेपछि अव उपेन्द्रले जसपाको नाममा महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्नुपर्ने वाध्यतात्मक अवस्था सिर्जना भएको छ ।
महन्थलाई उपेन्द्रले अध्यक्ष पदवाट मात्र होइन, केन्द्रीय कार्याकारिणी समितिबाटै पनि हटाएका हुन् ।
उनीहरुको सांसद पद भने अहिलेसम्म जारी छ । जसपाले दल त्याग सम्वन्धी कारवाही नगर्दासम्म महन्थहरुको सांसद पद भने यथावत नै रहने छ । उनीहरुलाई अव पार्टीले स्पष्टीकरण सोधेर कारवाही गरेमा भने उनीहरुको सांसद पद पनि धरापमा पर्ने छ ।
आयोगमा महन्थको अध्यक्षसहित केन्द्रीय कार्याकारिणी समिति सदस्य समेत नरहने गरी नाम हटिसकेपनि महन्थ र राजेन्द्र महतोहरु भने जसपाकै नाम र पूरानै पदमा तराई मधेसमा अभियान चलाईरहेका छन् ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया