एमाले केन्द्रीय कमिटी बैठक सुरु, नेता नेपाल पक्ष अनुपस्थित
मेरोन्यूज
२०७८ साउन २५ गते १५:५२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको सहभागिता बिना बैठक सुरु भएको छ ।
यसअघि आजै बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन बोलाउने निर्णय गरेको थियो । त्यसैको तयारीका लागि एमालेले विधान संशोधन प्रस्ताव ल्याएको हो ।
केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधन प्रस्तावसहित राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पेश गर्नेछन् । उक्त प्रतिवेदनमाथि बैठकमा खुला छलफल हुने बताइएको छ ।
सम्बन्धित
















पाकिस्तानमा सडक दुर्घटना: ४जना को मृत्यु, २७ घाइते
यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया