एमाले केन्द्रीय कमिटी बैठक सुरु, नेता नेपाल पक्ष अनुपस्थित
मेरोन्यूज
२०७८ साउन २५ गते १५:५२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको सहभागिता बिना बैठक सुरु भएको छ ।
यसअघि आजै बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन बोलाउने निर्णय गरेको थियो । त्यसैको तयारीका लागि एमालेले विधान संशोधन प्रस्ताव ल्याएको हो ।
केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधन प्रस्तावसहित राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पेश गर्नेछन् । उक्त प्रतिवेदनमाथि बैठकमा खुला छलफल हुने बताइएको छ ।
सम्बन्धित
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया