सत्तारुढ गठबन्धन अपवित्रको गठबन्धन : ओली
माधव नेपालप्रति पनि ओलीको कटाक्ष : मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन अपवित्रको गठबन्धन भएको बताएका छन् । सोमबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धन अपवित्र र अलोकतान्त्रिक गठबन्धन भएको बताएका हुन् ।
उनले भने, ‘प्रगतिशिल र जनपक्षीय संस्कृतिका विरुद्ध आक्रमण गर्न गठबन्धन बनेको छ । त्यसलाई उहाँहरु गठबन्धन संस्कृतिको विकास गर्ने भन्दै हुनुहुन्छ ।’
उनले गठबन्धन संस्कृतिको विकास गर्ने भनेर घोषणा गरेकोप्रति आपत्ति जनाएका छन् ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तल्ला कमिटीका गतिबिधिहरु नरोक्न निर्देशन समेत दिएका छन् । उनले पार्टी जेठ २ अघिकै अवस्थामा पुगेको भन्दै माधव नेपाल पक्षमा लागेका तर पार्टी काममा आउन चाहनेलाई विना संकोच काममा लगाउन समेत आग्रह गरेका छन् ।
ओलीले पार्टी नेताहरुलाई निर्देशन दिँदै कसैले भन्दैमा पार्टीका बैठक र कामहरु नरोकिने पनि वताए । उनले नेताहरुलाई निर्देशन दिदै भने, ‘तलका कमिटीका काम विल्कुल नरोक्नुस । आउने साथीहरुलाई विना संकोच काम दिनुस् तर कहिले आउलान् भनेर पर्खेर नबस्नुस् ।’
मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे !
अध्यक्ष ओलीले माधव नेपालप्रति लक्षित गदै वैठकमा कडा शब्दमा आलोचना गरे । नेपाल समुहको केन्द्रीय कमिटि बैठकले ओलीले संसद विघटन गरेकोमा माफी माग्नुपर्ने भनी राखेको शर्तमा ओलीले नेपालप्रति कडा आक्रोश पोखेका हुन् ।
ओलीले माधव नेपालबाट यसपटक भएको गल्ति सानो तिनो नरहेको तर पनि आफुले माफी दिएको भन्दै उल्टै महिले पो माफी माग्नु पर्ने रे भन्दै माधव नेपालप्रति कटाक्ष गरेका थिए ।
कसैको फरमान अव पार्टीमा चल्दैन र सहैय पनि हुदैन, ओलीले भने –‘केपी ओलीलाई सच्चिने अन्तिम मौका छ,माफी माग भनेछन् । मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे ।’
















महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया