सत्तारुढ गठबन्धन अपवित्रको गठबन्धन : ओली
माधव नेपालप्रति पनि ओलीको कटाक्ष : मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन अपवित्रको गठबन्धन भएको बताएका छन् । सोमबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धन अपवित्र र अलोकतान्त्रिक गठबन्धन भएको बताएका हुन् ।
उनले भने, ‘प्रगतिशिल र जनपक्षीय संस्कृतिका विरुद्ध आक्रमण गर्न गठबन्धन बनेको छ । त्यसलाई उहाँहरु गठबन्धन संस्कृतिको विकास गर्ने भन्दै हुनुहुन्छ ।’
उनले गठबन्धन संस्कृतिको विकास गर्ने भनेर घोषणा गरेकोप्रति आपत्ति जनाएका छन् ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तल्ला कमिटीका गतिबिधिहरु नरोक्न निर्देशन समेत दिएका छन् । उनले पार्टी जेठ २ अघिकै अवस्थामा पुगेको भन्दै माधव नेपाल पक्षमा लागेका तर पार्टी काममा आउन चाहनेलाई विना संकोच काममा लगाउन समेत आग्रह गरेका छन् ।
ओलीले पार्टी नेताहरुलाई निर्देशन दिँदै कसैले भन्दैमा पार्टीका बैठक र कामहरु नरोकिने पनि वताए । उनले नेताहरुलाई निर्देशन दिदै भने, ‘तलका कमिटीका काम विल्कुल नरोक्नुस । आउने साथीहरुलाई विना संकोच काम दिनुस् तर कहिले आउलान् भनेर पर्खेर नबस्नुस् ।’
मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे !
अध्यक्ष ओलीले माधव नेपालप्रति लक्षित गदै वैठकमा कडा शब्दमा आलोचना गरे । नेपाल समुहको केन्द्रीय कमिटि बैठकले ओलीले संसद विघटन गरेकोमा माफी माग्नुपर्ने भनी राखेको शर्तमा ओलीले नेपालप्रति कडा आक्रोश पोखेका हुन् ।
ओलीले माधव नेपालबाट यसपटक भएको गल्ति सानो तिनो नरहेको तर पनि आफुले माफी दिएको भन्दै उल्टै महिले पो माफी माग्नु पर्ने रे भन्दै माधव नेपालप्रति कटाक्ष गरेका थिए ।
कसैको फरमान अव पार्टीमा चल्दैन र सहैय पनि हुदैन, ओलीले भने –‘केपी ओलीलाई सच्चिने अन्तिम मौका छ,माफी माग भनेछन् । मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे ।’










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया