निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने पौडेल पक्षको निष्कर्ष

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय बैठकले तोकिएको समयमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनु पर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेसले १४ औं महाधिवेशन भदौ १६( १९ मा गर्ने गरी मिति निर्धारित गरेको छ । बैठकपछि वरिष्ठ नेता पौडेलले निर्धारित समयमा नै महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने बताए ।
उनले भने, ‘अझैं पनि महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिन्छ भन्ने हाम्रो निचोड हो । त्यसका लागि हामी सबैले इमान्दारितापूर्वक प्रयास गर्नुपर्छ । महाधिवेशनको मुखमा छौं । हाम्रो निर्धारित कार्यतालिकामा केही व्यवधान आएर अड्की राखेको अवस्था छ । तैपनि अझै एक महिनाको समय छ । संविधानले हामीलाई ५ वर्ष ६ महिना बढी ठाउँ दिएको छैन । संविधानले ५ वर्ष ६ महिनाभित्रै महाधिवेशन गर्न भनेको प्रसंगमा आज हामीले के हुन्छ कसो हुन्छ भनेर आपसमा छलफल गरेका हौं । हामी महाधिवेशन गर्न सकिने निष्कर्षमा पुगेका छौं ।’
उनले पार्टीका क्रियाशील सदस्य विवाद समाधान भइसकेका ठाउँमा नयाँ र विवाद टुंगिन बाँकी रहेका ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्नुपर्ने बताए ।
















Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया