कांग्रेस जिल्ला सभापति भेला आज पनि बस्दै
मेरोन्यूज
२०७८ साउन २६ गते १२:१७

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला काठमाडौंमा बस्ने भएको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौंको ठमेलस्थित यात्री होटलमा बस्दैछ । आजको भेला समापन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू पनि सहभागी हुने कार्यक्रम छ।
जिल्ला सभापति भेलामा ३८ जिल्ला सभापतिहरू भौतिक रूपमा उपस्थित छन् भने १३ जिल्ला सभापति भर्चुअल रूपमा सहभागी भएको बताईएको छ ।
१४ औं महाधिवेशन समयमै गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनका लागि यो भेला आयोजना भएको सोही बैठकमा उपस्थित एक जिल्ला सभापतिले बताए । सोमबार पौडेल पक्षले केन्द्रीय समिति सदस्यको भेला पनि राखेको थियो।
समयमै महाधिवेशन गर्न दवाव दिने उक्त भेलाको निर्णय छ। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म मिति तोकिए पनि अझै क्रियाशील विवाद टुङ्गिएको छैन् ।
सम्बन्धित
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया