शुक्रबार, माघ ११, २०८१

कांग्रेस जिल्ला सभापति भेला आज पनि बस्दै

मेरोन्यूज २०७८ साउन २६ गते १२:१७

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला काठमाडौंमा बस्ने भएको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौंको ठमेलस्थित यात्री होटलमा बस्दैछ । आजको भेला समापन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू पनि सहभागी हुने कार्यक्रम छ।

Advertisement

जिल्ला सभापति भेलामा ३८ जिल्ला सभापतिहरू भौतिक रूपमा उपस्थित छन् भने १३ जिल्ला सभापति भर्चुअल रूपमा सहभागी भएको बताईएको छ ।

१४ औं महाधिवेशन समयमै गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनका लागि यो भेला आयोजना भएको सोही बैठकमा उपस्थित एक जिल्ला सभापतिले बताए । सोमबार पौडेल पक्षले केन्द्रीय समिति सदस्यको भेला पनि राखेको थियो।

समयमै महाधिवेशन गर्न दवाव दिने उक्त भेलाको निर्णय छ। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म मिति तोकिए पनि अझै क्रियाशील विवाद टुङ्गिएको छैन् ।

प्रतिक्रिया