आइतबार, माघ १३, २०८१

काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियानमा कडाई (फोटोफिचर)

जुली गिरी २०७८ साउन २६ गते १७:०७

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हर्न निषेधित क्षेत्र कार्यक्रमलाई कडाई गर्न थालेको छ । मंगलबारबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा घोषणा गरिएको हर्न निषेधित क्षेत्र कार्यक्रम कार्यान्वयनलाई कडाई गर्न थालेको छ ।

Advertisement

२०७४ वैशाख एकदेखि काठमाडौं उपत्यकामा हर्न निषेधित क्षेत्र कार्यक्रम लागू गरिएको थियो । सुरुवाती दिनमा यसको कार्यान्वयनमा कडाई भएपनि पछिल्लो समय कार्यान्वयन पक्ष खुकुलो हुदैँ गएको थियो । पछिल्लो समयमा हनृको प्रयोगमा वृद्धि हुदै गएपछि महाशाखाले ‘नो हर्न’ कार्यक्रमलाई कडा गर्ने थालेको हो ।

सँगै ट्राफिक प्रहरीले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै ?’ लेखिएको रिबन को प्रयोग गरी सचेतना शुरु गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका छन् ।

उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्उटीको समयमा अनिबार्य उक्त रिबन प्रयोगमा ल्याउन सुरु गरेको महाशाखाले जनाएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया