काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियानमा कडाई (फोटोफिचर)

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हर्न निषेधित क्षेत्र कार्यक्रमलाई कडाई गर्न थालेको छ । मंगलबारबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा घोषणा गरिएको हर्न निषेधित क्षेत्र कार्यक्रम कार्यान्वयनलाई कडाई गर्न थालेको छ ।

२०७४ वैशाख एकदेखि काठमाडौं उपत्यकामा हर्न निषेधित क्षेत्र कार्यक्रम लागू गरिएको थियो । सुरुवाती दिनमा यसको कार्यान्वयनमा कडाई भएपनि पछिल्लो समय कार्यान्वयन पक्ष खुकुलो हुदैँ गएको थियो । पछिल्लो समयमा हनृको प्रयोगमा वृद्धि हुदै गएपछि महाशाखाले ‘नो हर्न’ कार्यक्रमलाई कडा गर्ने थालेको हो ।

सँगै ट्राफिक प्रहरीले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै ?’ लेखिएको रिबन को प्रयोग गरी सचेतना शुरु गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका छन् ।

उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्उटीको समयमा अनिबार्य उक्त रिबन प्रयोगमा ल्याउन सुरु गरेको महाशाखाले जनाएको छ ।









जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया