जीप दुर्घटना दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन २७ गते २१:०८

कैलाली । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा आज साँझ प्रदेश ३/०१/००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
धनगढीबाट डोटीको गैरा जाँदै गरेको उक्त जीप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाकी ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिकाका पाँच वर्षीया एलिसा खड्काको उपचारका लागि पद्मा अस्पतालमा पु¥याउँदा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा जोरायल गाउँपालिकाका जीप चालक रमेश खड्का, आठ वर्षका बालक सुशील साउँद र निर्मला खड्का घाइते भएका छन् । बालकको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि धनगढीको मयामेट्रो अस्पतालमा भर्ना गरिएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया