अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्री पौडेलबीचकाे खिचातानीमा बजेट कार्यान्वयन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वर्तमान आर्थिक स्थिति देश कोरोना भाइरस (कोभिड–१९) का कारण मात्रै नभएर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको स्वच्छाचारी गतिविधिले अर्थतन्त्र धरासायी भएको चित्रण गरेका छन् ।
अर्थमन्त्री शर्माले मंगलबार संघीय संसद प्रतिनिधि सभाको बैठकमा आर्थिक जानकारीमुलक यथार्थ विवरण (श्वेतपत्र) सार्वजनिक गरे । उनले सार्वजनिक गरेको श्वेतपत्रमा गत आर्थिक वर्ष कोभिड दोस्रो लहरले निषेधाज्ञा हुनुअघि ४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणलाई असम्भव प्राय भएको उल्लेख गरिएको छ ।
उनले पूर्ववर्ती सरकारका गतिविधिभन्दा फरक तरिकाले आर्थिक अवस्थाको यथार्थ चित्रण गर्दै आएपनि तत्कालीन सरकारको गतिविधिलाई आलोचना गरेका छन् । ओली नेतृत्वको सरकारका पालामा देशको आर्थिक अवस्था नकरात्मक रहेको देखाइएको छ । ओली नेतृत्वको सरकारमा पनि सँगै रहेको माओवादी केन्द्र अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा संलग्न छ ।
ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेल र अहिलेका अर्थमन्त्री जनार्दन शर्माबीच पार्टीको सिद्धान्त नै फरक रहेकाले होला आरोप प्रत्यारोप चलिरहेको छ । पूर्वअर्थमन्त्री पौडेलले अध्यादेश मार्फत चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गरेका थिए । वर्तमान अर्थमन्त्री शर्माले बजेटमाथि समेत प्रश्न उठाएका छन् ।
६ वटा बुँदा बहसको विषय
ऋण
पौडेल : बैदेशिक अनुदान २७ अर्ब ६ करोड रुपैयाँ । बैदेशिक ऋण १ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ । आन्तरिक ऋणतर्फ २ खर्ब २३ अर्ब रुपैयाँ परिचालन हुने ।
शर्मा : बैदेशिक सहायता ३ खर्ब ६० अर्बको अनुमान रहेकोमा १ खर्ब ६३ अर्ब प्राप्त । चालु आर्थिक वर्षको बैदेशिक सहायताको स्रोत अनुमान ३ खर्ब ७३ अर्ब रुपैयाँ । आन्तरिक ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ ।
सामाजिक संरक्षण र सुरक्षा :
पौडेल : जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र संरक्षणमा गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण, बाल्यावस्थामा निशुल्क खोप, पोषण आधारभुत शिक्षा, छात्रवृत्तिको व्यवस्था, युवावस्थामा शिक्षा, वृद्ध अवस्थामा निशुल्क उपचार र मर्यादित जीवन । श्रम, रोजगार तथा सामाजिक सुरक्षाको लागि १४ अर्ब रुपैयाँ विनियोजन ।
शर्मा : हाल विभिन्न समुहमा गरी करिब ३२ लाख नागरिकले सामाजिक सुरक्षा भत्ता बापत गत आर्थिक वर्षमा ७६ अर्बभन्दा बढी रकम वितरण भइसकेको छ । सामाजिक सुरक्षाका कार्यक्रम छरिएका तथा दोहोरोपना भएकाले पारदर्शी र छरितोपना बनाउनुपर्ने ।
सार्वजनिक संस्थान :
पौडेल : कृषि औजार कारखाना, बुटवल धागो कारखाना, गोरखकाली टायर कारखाना, वीरगञ्ज चिनी कारखाना, हेटौंडा कपडा उद्योग लगायत सञ्चालनमा नआएका तथा न्युन क्षमतामा सञ्चालित सरकारी उद्योगलाई नीजि क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्ने । नेपाल वायु सेवा निगम र दुरसञ्चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहँच विस्तार गर्न सेवा उपयोग तथा शेयरको व्यवस्था गर्ने ।
शर्मा : गत आर्थिक वर्षको अन्त्यमा संस्थानमा सरकारको लगानी ६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २४ वटा संस्थान नाफामा र १८ वटा घाटामा छन् । नेपाल वायु सेवा निगममा व्यवस्थापकीय असक्षमता भएकाले सुधार सहित आत्मनिर्भर बनाउने ।
वित्तिय क्षेत्र :
पौडेल : ‘वित्तिय संघियता कार्यान्वयन’ शीर्षकमा संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाईने छ ।
शर्मा : ज्ञान, सीप, शिक्षा र व्यवसायीक परियोजनामा आधारित कर्जा विस्तारमा जोड दिनुपर्ने देखिएको छ ।
राजस्व परिचालन :
पौडेल : राजस्व परिचालनका लागि राजस्व चुहावट नियन्त्रण गर्नुपर्ने छ । बजार अनुगमन, कर परिक्षण तथा अनुसन्धानलाई प्राथमिकता दिइने छ । केन्द्रीय बिजक अनुगमन प्रणाली, आशिकुडा प्रणाली, भिसिटिएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख र बैंक तथा वित्तिय संस्थाको सूचना प्रणालीबीच अन्तर आवद्धता कायम गरी एकिकृत करदाता सूचना प्रणालीको विकास गरिने । आयात हुने मालवस्तुको मुल्यांकन, भन्सार जाँचपछिको परिक्षणलाई थप प्रभावकारी बनाईने ।
शर्मा : नेपालको राजस्व संकलनमा वृद्धि भएपनि दीगो मान्न सकिने आधार छैन । आयात बढ्दा राजस्व बढ्ने र आयात घट्दा राजस्व घट्ने प्रवृत्ति छ । समग्र राजस्वमा आन्तरिक राजस्वको अंश बढ्न नसक्दा राजस्व परिचालनमा दिगोपना कायम हुन सकेको छैन ।
कोभिड १९ संक्रमण, रोकथाम र नियन्त्रण :
पौडेल : कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छ । सबै सरकारी प्रयोगशाला र अस्पतालमा कोभिड १९ को निशुल्क परिक्षण र उपचारको व्यवस्था । उपचारका लागि आवश्यक पर्ने आइसीयु, एचडीयू, भेन्टिलेटर, टेस्ट किट्स लगायत आवश्यक उपकरण खरिद गर्न ४ अर्ब रुपैयाँ विनियोजन ।
शर्मा : कोभिड १९ को महामारिबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभाव न्युनिकरण गर्न बजेटमा तोकिएको सुविधा मौद्रिक नीति मार्फत राहत तथा सहुलियत कार्यक्रम सञ्चालन गर्ने ।
उल्लेखित ६ वटा बुँदामा तत्कालीन अर्थमन्त्री पौडेल र वर्तमान अर्थमन्त्री शर्माका शब्दहरु राखिएका हुन् । यी बँुदाले आर्थिक विकासका लागि सरकारले गर्नुपर्ने काम र प्राथमिकता निर्धारण गरेको छ । तर पनि अर्थशास्त्रीले तत्कालीन अर्थमन्त्री पौडेलले ल्याएको बजेट वा वर्तमान अर्थमन्त्री शर्माले ल्याएको श्वेतपत्र दुबैको औपचारीकतामा ठूलो अन्तर देखाइएको छ । दुबै मन्त्री कम्युनिष्ट भएपनि सरकारको नेतृत्व कंग्रेसले गरेको छ ।
अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न नसकिने बताएको कंग्रेस स्वेतपत्रमा मौन छ । श्वेतपत्र सार्वजनिक गर्नुअघि अर्थमन्त्री शर्माले कांग्रेसका सरोकारवालासँग सल्लाह, सुझाव नलिएको स्रोतको दाबी छ ।
बजेटमा सामाजिक सुरक्षा भत्ता बढाउने, व्यवसायीलाई कर छुट दिनेजस्ता थुप्रै लोकप्रिय कार्यक्रम राखिएकाले यो बजेट चुनाव केन्द्रीत भउको टिप्पणी भएको थियो । मंगलबार अर्थमन्त्रीले सार्वजनिक गरेको श्वेतपत्र पनि चुनाव लक्षित देखिएको अर्थशास्त्री केशव आचार्यले बताउँछन् । उनी भन्छन् ,‘मात्र बजेटमा आएका कुरालाई हालको मन्त्रीले तथ्यांकमा फरकता देखाएर आफूलाई ठूलो देखाउने प्रयासमा छन् ।’
अर्का अर्थजानकार चन्द्रमणी अधिकारीले चालु आर्थिक वर्षको बजेट र मंगलबार आएको श्वेतपत्रले सस्तो लोकप्रियतामा जोड दिएको उल्लेख गरे । उनले श्वेतपत्रका विभिन्न बुँदामा अघिल्लो वर्षको वर्णन गर्दै घाटा देखाउनु म राम्रो भनेर प्रचारमा उत्रिन खोजेको जिकिर गरे ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया