बिहीबार, पुष ३, २०८२

केपी ओली सरकारले १८ महिनामा ९७ लाख मात्र खोप ल्याएको हो : स्वास्थ्य राज्यमन्त्री

मेरोन्यूज २०७८ साउन २८ गते १४:०२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा ५ करोड ५० लाख खोप आवश्यक पर्ने देखिएको बताए । बिहिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले अघिल्लो सरकारले १८ महिनामा ९७ लाख मात्र ल्याएको बताए ।

उनका अनुसार असार मसान्तसम्म अघिल्लो केपी ओली सरकारले ४२ लाख मात्र खोप दिएको थियो ।

भने अहिलेको सरकारले असार यता मात्र कुल ३३ लाख गरी ७५ लाखले खोप दिएको उनले जानकारी दिए । उनले निजि क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफा मुखी भन्दा पनि सेवामुखी बनाउने बताए । असोजमसान्तसम्ममा १ करोड ८ लाख खोप सुनिश्चित भएको उनले बताए ।


उनले भने “अहिले दिनमा डेढ देखि २ लाख जनालाई दिनकै खोप पाएका छन् ।”


उनका अनुसार पछिल्लो केही दिन यता कोरोना संक्रमण बढेको छ । अहिले दिनको कुल परीक्षणको २५ प्रतिशतमा संक्रमण देखिएको हुदाँ जनस्वास्थ्यको मापदण्ड पालना गर्न उनले आग्रह गरे ।

उनले किशोर र किशोरीलाई लक्षित फाइजर र मोर्डनाको खोप ल्याउँने उनले जानकारी दिए । हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको कोरोना परीक्षण भएको उनले बताए ।


अहिले कोरोना परीक्षणा ४६ वटा प्रयोगशालाबाट हुदै आएको उनले बताए ।

उनले भने ‘विगत एकहप्ताको कोभिडको आँकडा हेर्दा फेरी कोभिडको संक्रमणदर क्रमशः बढ्दै गइरहेको छ । यतिबेला देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार नाघिसकेको छ । अहिलेको संक्रमणदर २५ प्रतिशतको हाराहारीमा रहेको छ । म यो सदनमार्फत् सबैलाई सावधानीपूर्वक जनस्वास्थ्यको मापदण्ड अपनाउन पुन अपिल गर्न चाहान्छु । कोभिड १९ बाट हालसम्म ७ लाख ७५ हजार ३ सय ९१ जना संक्रमित भएका छन् भने ६ लाख ७५ हजार ८३ जना निको भइसकेको छ । १० हजार १ सय ८० जनाले अमुल्य जीवन गुमाउनु परेको छ । हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परिक्षण भएको । हालसम्म कुल जनसंख्याको २.६ प्रतिशत संक्रमित भएका छन् । औसत पोजेटिभ प्रतिशत १९.४ प्रतिशत रहेको । हाल देशभरी संक्रमित ३८ हजार ३३ रहेका छन् । मृत्युदर १.५ हिजोदेखिको मितिबाट १० हजार १ सय ८० दुखद निधन भएको तथ्यांक छ । हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको छ । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार संक्रमित हुने करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र जसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण अनुसार द्रुत कार्ययोजना बनाएर तयारी गरिएको छ ।’

बन्द रहेको विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडी बढाइएको उनले बताए । उनले भने ‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडी बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहान्छु ।’


हाल ५ सयभन्दा बढी सक्रिय संक्रमित भएके जिल्ला १९ पुगेको उनले जानकारी दिए । आगामि दिनमा ९ हजारलाई संघन उपचार गर्नुपर्ने प्रक्षेपण गरिएको छ । हालसम्म १५.५ प्रतिशतले खोप प्राप्त गरेका छन् । भने दुबै डोज ९.५ प्राप्त गरेका उनको भनाई छ ।

अक्सिजन ६ हजार थप गरिएको छ । हाल १२० मेटिक्टन आपुर्तिभएको छ । अबको खोप कार्यक्रम काठमाडांै र तराईलाई प्राथमिता दिईने छ । अब विद्यार्थी र युवालाई खोप दिईने उनले जानकारी दिए ।

जहाँ बढी आर्थिक क्रियाकलाप हुने स्थान र सिमा क्षेत्रमा खोप दिईने उनले बताए । उनका अनुसार नगर, गाउँ स्तरिय खोप लगाउँन स्वयम सेवक खटाईनेछ । १८ देखि ३० वर्षका विद्यार्थीलाई खोप दिईने व्यवस्था गरिएको छ । ५ सय वेडको कोभिड अस्पतालको व्यवस्था गरिने छ ।

प्रतिक्रिया