केन्द्रिय सदस्यले बोल्न चाहेसम्म बैठक जारी रहन्छ- विश्व प्रकाश शर्मा
काठमाडौं । कांग्रेस केन्द्रिय समितिको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमा जारी छ । भदौ १६ गतेमा हुने पार्टीको केन्द्रिय महाधिवेशन प्रभावित भइसकेको छ । साउन १२ मा हुने वडा अधिवेशन नभएपछि नयाँ तालिका सार्वजनिक गर्नुपर्ने अवस्थामा कांग्रेस छ । आजको बैठकमा महामन्त्री पुर्ण बहादुर खड्काले प्रस्ताब बैठकमा पेस गरेका छन् ।
पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले केन्दिय कार्य समितिले निर्वाचन तालिका विषयमा छलफल भएको बताए ।
केन्द्रिय कार्यसमितिको बैठक टुङ्गिदाँ हामीले १४ औँ महाधिवेशनको कार्य तालिका सार्वजनिक गरिने उनले जानकारी दिए ।
उनका अनुसार बैठक पार्टीको समायोजन समितिले गरेका कामका बारेमा पार्टीका उपसभापति विमलेन्द्र निधिले राखेका छन् ।
भने क्रियाशिल छानबिन समितिका संयोजक रमेश लेखकले आफुले गरेका कामका विषयमा बैठकमा दिइरहेका उनले जानकारी दिए । प्रवक्ता शर्माले १४ औँ महाधिवेशन के हुन्छ, कार्य तालिका अनुसार जादैन सबैलाई चासो रहेको उनले बताए । उनले भने,“बैठक आज सुरु भएको यो बैठक तीन दिनसम्म जान सक्छ ।”
केन्द्रिय सदस्यले बोल्न चाहेसम्म बैठक चल्ने उनले जानकारी दिए । उनले भने,“पार्टीका केन्द्रिय कार्यालयमा धर्नामा बसेका साथीहरुको मागका विषयमा पनि छलफल हुन्छ ।”
संवैधानिक प्रश्न र कोरोना महामारीलाई मध्यनजर गरेर केन्द्रीय सदस्यको सुझावको आधारमा कार्यतालिका ल्याउने भन्दै प्रवक्ता शर्माले भने बैठकमा विभिन्न प्रतिवेदनमात्रै पेश भएको बताए ।
बैठकमा आशन्न महाधिवेशनका बारेमा छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताए। महाधिवेशनमा उम्मेदवार हुन केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्री र कोषाध्यक्षका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तिर्नुपर्ने प्रस्ताव प्रस्तुत निर्वाचन समितिले पेश गरेको छ। यसअघि सभापतिको २० हजार र अरुको १० हजार रुपैयाँ थियो।
प्रतिक्रिया