प्रहरीको नयाँ तलब : कुन पदले कति पाउँछन् ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको नयाँ तलब स्केल यही साउन १ गतेदेखि लागू भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि भएको हो ।
सुचि अनुसार सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँने छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब ६६ हजार ८ सय ६० पुगेको छ । आइजीपी र एआइजीको तलब स्केल बराबर छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।
त्यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तलब को ५५ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ भने प्रहरी उपरीक्षक (एसपी) को तलब ५३ हजार ४० रुपैयाँ पुगेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी)को ४९ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) को तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको सुचिमा स्पस्ट देखिन्छ ।
यस्तै प्रहरी नायव निरीक्षक (सई) को तलब ३८ हजार २ सय ५६ रुपैयाँ र प्रहरी सहायक निरीक्षक (असई) को ३५ हजार २ सय ४१ रुपैयाँ तलब कायम भएको छ पुगेको छ ।
त्यस्तै, प्रहरी हवल्दारको २९ हजार ६ सय १७ रुपैयाँ र प्रहरी जवानको २८ हजार ७ सय ३६ रुपैयाँ तलब तोकिएको छ ।
रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । फलोअर्स, सयस समेतको सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँमा १० औं ग्रेडको प्रतिग्रेड ७ सय १६ रुपैयाँका दरले २८ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् सुचिमा












राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया