माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक शुरु
बैठक अगाडी नेताहरुको एन्टिजोन परिक्षण, अध्यक्ष प्रचण्डले सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रयि समिति बैठक शुरु भएको छ । काठमाडौंको वत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा माओवादीको बैठक मन्याह १२ बजेदेखि शुरु भएको हो ।
आज देखि दुई दिन सम्म चल्ने वैठकमा सहभागी नेताहरुमा कोरोना भए/नभएको परिक्षण गरेर मात्र वैठकमा सहभागी गराईएको छ । नेताहरुको वैठकमा सहभागी हुनु भन्दा अगाडी एन्टिजोन परिक्षण गरिएको थियो ।
नेताहरुको परिक्षणमा सवैको कोरोना नदेखिएको माओवादी केन्द्रले जनाएको छ ।
वैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । आगामी मंसिर–पुसमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्तावसहितको अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेश गर्न लागेका हुन् ।
एमाले माओवादी एकता यताका समग्र परिस्थितीको समिक्षा गदै अव माओवादी केन्द्र कसरी अगाडी जाने र पार्टीलाई कसरी जिवन्त राख्ने भन्ने विषयमा केन्द्रीत रहेर प्रचण्डले आफनो प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।
‘देशैभरि पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण गर्नेदेखि संरचना नभएका ठाउँमा नयाँ निर्माण गर्नेसम्मका योजना प्रचण्डको दस्तावेजमा समेटिएको छ ।

‘पहिला पार्टी, जनवर्गीय संगठन र मोर्चाहरूको निर्माण गर्नेलगायत करिब तीनमहिने कार्ययोजना माओवादीले यो केन्द्रीय कमिटि बैठकवाट बनाउन लागेृको छ ।
कांगेस सहितको सरकारलाई सफल बनाउने , सत्ता गठवन्धन टिकाउने र वामपन्थी धुव्रिकरण र एकताको रोडम्याप पनि प्रचण्डले अगाडी सारेका छन् ।
माओवादीले विद्यान संसोधन प्रस्तावलाई पनि यो वैठकवाट पारित गर्नेछ । यस अगाडी नै विद्यान स्थायी समितिले अनुमोदन गरी छलफलका लागि पठाईएको थियो । उसले अहिले रहेको नेकपा कालिन केन्द्रीय कमिटिलाई २९९ सदसस्ीय बनाउने तयारी गरेको छ ।





















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया