सोमबार, माघ ७, २०८१

यस्तो छ केन्द्रीय कमिटि बैठकमा प्रचण्डले पेश गरेको दस्तावेज (पूर्ण पाठ)

मेरोन्यूज २०७८ साउन ३० गते १३:३२

Advertisement

काठमाडौं । नेकपा (माओवादी)को केन्द्रीय कमिटि बैठकमा अध्यक्ष प्रचण्डले पौष ११ देखि १३ गते सम्म पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने सहितको चार महिने कार्ययोजना सहितको प्रस्ताव केन्द्रीय कमिटि बैठकमा पेश गरेका छन् ।

प्रचण्डले ८ पेज लामो राजनीतिक तथा संगठनात्मक प्रतिवेदन केन्द्रीय कमिटि बैठकमा पेश गरेका हुन् ।

प्रचण्डले दस्तावेजमा आउने निर्वाचन सम्म अहिले कायम रहेको सत्ता गठबन्धनलाई कम्तीमा कायम राख्ने पार्टीको नीति बनाउने, नयाँ क्रान्तिकारी विचार र नया क्रान्तिकारी पार्टी निर्माण गरौं भन्ने मूल ध्येयका साथ पार्टी निर्माणमा जुटन आवश्यक रहेको भन्दै नेकपाको राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न नसक्ने र मूलत आफ्नै शक्तिमा भरपदै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने बामपन्थी शक्तिहरुसँग सहकार्य, मोर्चावन्दी र धुवीकरण गदै नेकपाको विरासत र स्वामित्व समेत पार्टीले लिनुपर्ने वताएका छन् ।

एमसिसि लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोािषत नीति अनुसार कुटनीतिक सम्वादका माध्यमवाट हल गर्न प्रयत्न गर्ने पनि प्रचण्डको दस्तावेजमा उल्लेख छ ।

त्यस्तै आगामी स्थानिय तहको चुनावमा पार्टीलाई बिजयी गराउने र संघीय तथा प्रादेशिक निर्वाचन मार्फत देशको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडी वढाउनु पर्ने प्रचण्डको प्रस्तावमा छ ।

ओलीले प्राप्त उपलब्धीलाई एकपछि अर्काे गदै विघटन गर्ने र दक्षिणपन्थी भास तिर लैजाने काम गरिरहेको बेला

सर्वाेच्च अदालतले संविधानको मूल मर्म र भावना अनुसार गरेको सही र साहासिक फैसला लाई उच्च सम्मान गर्ने पनि प्रचण्डले आफनो दस्तावेजमा उल्लेख गरेका छ ।


प्रचण्डले दस्तावेजमा इतिहासमा युगिन कार्यभार पूरा गर्ने जिम्मेवारी पार्टीको काधमा आएको भन्दै आफैलाई रुपान्तरित गदै पूर्नसंगठित र एकतावद्ध हुादै ढृढतापूर्वक समाजवाद निर्माण गर्ने दिशामा अघि वढ्नु पर्ने वताएका छन् ।

केपी ओलीको प्रतिगमनका विरुद्ध संर्घषकै क्रममा बाम लोकतान्त्रिक गठवन्धन निर्माण भएको र संविधान माथी प्रहार गर्ने ओली प्रवृतिलाई गठबन्धनले पराजित गरेको प्रचण्डको दस्तावेजमा छ ।

हेर्नुहोस दस्तावेजको पूर्ण पाठ :

प्रतिक्रिया