प्रधानमन्त्रीले पारस खड्कालाई भने : क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद
मेरोन्यूज
२०७८ साउन ३० गते १६:१४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच भेट वार्ता भएको छ । उनीहरूबीच शनिबार भेट वार्ता भएको हो ।
खड्काले गत साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । बालुवाटारमा भएको भेटमा देउवाले प्रश्न दोहोर्याए, ‘क्रिकेट किन छाड्नुभयो ?’
‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्, सरकारको साथ र सहयोग सधैं रहने छ ।’
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया