आइतबार, माघ ६, २०८१

यार्सागुम्बा खरिद गर्छु भन्दै बोलाएर लुटपाट गर्ने गिरोह पक्राउ

मेरोन्यूज २०७८ साउन ३१ गते १६:५४

काठमाडौं । काठमाडौंको सोह्रखट्टुे, नयाँबजार र कोटेश्वरबाट यार्सागुम्बा खरिद गर्ने भनी बोलाएर लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् ।

Advertisement

महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा लुटपाट भएको थियो । कानुनी प्रक्रिया पूरा गरी दीपक लामा र सुरेश सापकोटाले डोल्पाबाट विक्री गर्न ल्याएको १ केजी यार्सागुम्बा लुटपाट भएको हो ।

महानगरीय अपराध महाशाखाले बझाङ जिल्लाको मिष्टा गाउँपालिका ५ घर भई हाल भक्तपुरको सुर्यबिनायक कटुन्जे बस्ने ३४ वर्षीय धर्म ओखेडा, दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका २ घर भई हाल काठमाडौंको ठमेल बस्ने ३२ वर्षीय मनोज कुमार श्रेष्ठ, रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने २७ वर्षीय दिपक थापा मगर र काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १२ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने २७ वर्षीय बिशाल लामालाई पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ पर्नेमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने २३ वर्षीय योङदेन लामा, रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका २ घर भई हाल भक्तपुरको सानोठिमि बस्ने २२ वर्षीय रोशन श्रेष्ठ र भारतको कस्मिर आबुपाकर घर भई हाल काठमाडौंको खुसिबु नयाँबजार बस्ने ३७ वर्षीय मोहम्मद ईसाक रहेका छन् ।

उनिहरुको साथबाट ७ किलो ४४० ग्राम यार्सागुम्बा, एक लाख ५३ हजार रुपैया र ८ थान मोबाईल बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया