यार्सागुम्बा खरिद गर्छु भन्दै बोलाएर लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखट्टुे, नयाँबजार र कोटेश्वरबाट यार्सागुम्बा खरिद गर्ने भनी बोलाएर लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा लुटपाट भएको थियो । कानुनी प्रक्रिया पूरा गरी दीपक लामा र सुरेश सापकोटाले डोल्पाबाट विक्री गर्न ल्याएको १ केजी यार्सागुम्बा लुटपाट भएको हो ।
महानगरीय अपराध महाशाखाले बझाङ जिल्लाको मिष्टा गाउँपालिका ५ घर भई हाल भक्तपुरको सुर्यबिनायक कटुन्जे बस्ने ३४ वर्षीय धर्म ओखेडा, दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका २ घर भई हाल काठमाडौंको ठमेल बस्ने ३२ वर्षीय मनोज कुमार श्रेष्ठ, रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने २७ वर्षीय दिपक थापा मगर र काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १२ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने २७ वर्षीय बिशाल लामालाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने २३ वर्षीय योङदेन लामा, रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका २ घर भई हाल भक्तपुरको सानोठिमि बस्ने २२ वर्षीय रोशन श्रेष्ठ र भारतको कस्मिर आबुपाकर घर भई हाल काठमाडौंको खुसिबु नयाँबजार बस्ने ३७ वर्षीय मोहम्मद ईसाक रहेका छन् ।

उनिहरुको साथबाट ७ किलो ४४० ग्राम यार्सागुम्बा, एक लाख ५३ हजार रुपैया र ८ थान मोबाईल बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया