बिहीबार, फागुन १४, २०८२

अफगानिस्तानमा भएका नेपालीहरुलाई नेपाल फर्काउन तरुण दलको आग्रह

मेरोन्यूज २०७८ साउन ३१ गते २०:०७

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन दरुणदलले अफगानिस्तानमा रहेको नेपालीहरुलाई तत्कालै नेपालमा फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अफगानिस्तानको विद्रोही संगठन तालिवानले अफगानिस्तानमा राज्यसत्ता कब्जा गर्ने सम्भावना बढेसंगै त्याहा भएका नेपालीहरुलाई तत्कालै स्वदेश फिर्ता गर्न तरुण दलले सरकारलाई आग्रह गरेको हो ।

वक्तव्यमा तरुण दलले ‘द्वन्दरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकहरुलाई तत्काल उक्त मुलुक छाड्न र विपत्तिमा परेका नागरिकहरुलाई सरकार आफैले स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न एवं उनीहरुको जीवन रक्षा गर्नको निम्ति संवेदनशील भईदिन पनि नेपाल तरुण दल केन्द्रिय समिति नेपाल सरकार संग हार्दिक आग्रह गर्दछ ।’ बताएको छ ।

प्रतिक्रिया