अमेरिकी राष्ट्रपतिले भनेका थिए : तालिवानले अब हमला गर्न सक्दैन

काठमाडौँ । एक महिनाअगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने उद्घोष गरेका थिए । उक्त उद्घोषसँगै उनले तालिवानले अब अफगानिस्तानमाथि हमला गर्न नसक्ने विश्वास व्यक्त गरेका थिए ।
‘मलाई तालिवानमाथि भरोसा छ ? छैन !, किनभने म अफगानी सेनाको क्षमतामाथि भरोसा गर्न सक्छु,’ उनले भनेका थिए, ‘उनीहरूले धेरै ठूलो अभ्यास गरेका छन्, आधुनिक हतियार छन्, युद्ध गर्न सक्षम छन् ।’
अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानको सेनामाथि भरोसा गरेको केही दिनमा नै तालिवानले देश नै कब्जामा लिएका छन् । अमेरिकी सेनाहरूले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न हतार गरिरहेको छ । तालिवानले देशको राजधानी काबुलसमेत नियन्त्रणमा लिइसकेको छ ।
तालिवानले अफगानिस्तानको सत्ता शान्तिपूर्ण हस्तान्तरण गर्ने वा कब्जा गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा राष्ट्रपति असरफ घानीले देश छाडेर गएका छन् । एजेन्सी










पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
प्रवासी नेपालीलाई पनि भोट हाल्न दिन अध्यादेश ल्याउने तयारी
मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग
मुस्ताङकाे घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने चक्रपथ निर्माण अन्तिम चरणमा
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रतिक्रिया