दल विभाजन अध्यादेशपछिको तरंग
एमालेसँगै फुट्यो माधव नेपाल समुह पनि
माधव नेपालले भने - आजै नयाँ पार्टी दर्ता गछौं, घनश्यामले भने - यसपटकलाई ‘सरी’

काठमाडौं । अन्तत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजित भएको छ । पार्टीभित्रको अन्तरसंर्घष ब्यवस्थापनमा चुक्दा संसदको सवैभन्दा ठूलो दल एमाले फुटेको हो ।
बरिष्ठ नेता माधव नेपालले नेकपा एमाले समाजबादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भएपछि औपचारिक रुपमा एमाले फुटेको हो । नेपालले खुल्ला किताव चुनाव चिन्ह, नेकपा एमाले समाजवादी पार्टी नाम, अध्यक्ष नेपाल र ९५ जनाको केन्द्रीय कमिटि बनाउने विधान सहितको पार्टी निर्वाचन आयोगमा दर्ता गर्न लागेका हुन् ।
सरकारले एमाले विभाजनका लागि दल विभाजन सम्वन्धी प्रावधान खुकुलो बनाउँदै मन्त्रीपरिषद्बाट मंगलवार नै पारित गरेर राष्ट्रपति कार्यालय पठाएपछि एमालेभित्रको एकता प्रयास असफल भएको हो । राष्ट्रपति भण्डारीले आजै उक्त अध्यादेश प्रमाणिकरण गरेर जारी गरिदिएपछि माधव नेपाललाई नयाँ पार्टी दर्ताको बाटो खुलेको हो ।
त्यसपछि नै नेपाल समुह नयाँ पार्टी दर्ताको घनीभुत तयारीमा छ । नेपाल समुहलाई पार्टी खोल्न सहजीकरण गरिदिादा जसपाबाट निक्कै अप्ठ्यारोमा परेर घर न घाटको अवस्थाा पुगिसकेका महन्थ ठाकुर पक्षलाई भने ठूलै राहत मिलेको छ । उनले पनि यही मौकामा जसपा नेपाल लोकतानित्रक पार्टी गठन गर्ने अन्तिम तयारी पूरा गरेका छन् ।
नेपाल पक्ष र महन्थ पक्ष दुवैले आजै निर्वाचन आयोग पुगेर दल दर्ता गराउने तयारी अन्तिम चरणमा पुराएका छन् । त्यसैको तयारीमा नेताहरु जुटेका छन् ।
माधव नेपालले भने : सवै तयारी पूरा , आजै दर्ता
एमाले फुटेसागै नयाँ दल दर्ताको तयारीमा रहेका नेता माधव नेपाललपार्टी दर्ताको सम्पूर्ण प्रक्रिया पूरा भएको प्रतिक्रिया दिएका छन् । आफु निकटका नेता तथा सांसदहरुसाग बानेश्वरको हर्याल होटेलमा केही बेर छलफल गरेर वाहिरिने क्रममा नेता नेपालले आजै दल दर्ता हुने जानकारी दिएका छन् । नेपालले भने,–‘हामीले सबै तयारी गरिसक्यौं, आजै पार्टी दर्ता हुन्छ ।’
फुट्यो नेपाल समुह पनि
एमालेसागसागै अन्तत नयाँ पार्टी गठनको तयारीमा रहेका माधव नेपाल समुह पनि फुटेको छ । नेपाललाई साथ दिदै आएका कतिपय नेताहरुले नेपाललाई अन्तिम समयमा साथ छोडेका छन् । उनीहरुले एमालेमै रह्ने र नयाँ पार्टीमा नजाने भन्दै नेपालको साथ छोडेका हुन् ।
नेपाललाई साथ दिदै आएका एमालेका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुषाल, सचिवद्दय योगेश भटटराई, भीम आचार्य र गोकर्ण विष्टले पनि माधव नेपालको साथ अन्तिम समयमा आएर छोड्ने भएका छन् । सुरेन्द्र पाण्डे, लगायतका नेताहरुले नेपालको साथ छोडने भएका छन् । घनश्याम भुषाल अन्तिम सम्म पनि पार्टी एकता गराउन लागेपनि असफल भएपछि अन्तिममा उनले पनि नेपाललाई यसपटकलाई ‘सरी’ भन्दै नेपाललाई सन्दशे पठाईसकेको स्रोत बताउँछ ।
अष्टलक्ष्मी शाक्य त एमालेको तर्फबाट बाग्मति प्रदेशको मुख्यमन्त्री नै बन्दैछिन् । हेटौडामा अहिले एमाले दलको बैठक बस्दैछ । त्यहीबाट शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने तयारीमा एमाले रहेको अष्टलक्ष्मीका निकट रहेकी रचना खड्काले बताइन् ।
भूसालले भने अन्तिम सम्म पनि पार्टी एक्ता जोगाउन प्रयास गरेका थिए । मंगलवार मात्रै उनको दौडधुप कहिले नेपाल समुहको आन्तरिक छलफलमा त कहिले केपी ओलीको निवाससम्म थियो । तर पनि उनको त्यो प्रयास सफल भएन ।
एमालेमा दोस्रो तहका नेताहरु अधिकाशंले एकता गर्नुपर्नेमा ओली र नेपाललाई दवाव वर्ढाएपनि दुवै नेताहरुको आ आफनो अहंमका कारण एमाले फुटेको नेताहरुको प्रतिक्रिया छ । ओलीले नेपाललाई एमाले बाहिरै राख्न खोज्ने र नेपाल झुकेर ओलीसाग एकता नगर्ने पक्षमा देखिएपछि एमाले विभाजन भएको हो । नेता कार्यकर्ताको चाहनाले भन्दा पनि ओली र नेपालको आफ्नै कारणले एमाले विभाजनमा पुगेको नेताहरुको भनाई छ ।
नेपाललाई अहिले स्थायी कमिटिका बेदुराम भुषाल र मुकुन्द न्यौपानेले मात्र साथ दिएका छन् ।









सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
काठमान्डु गोर्खाजले टस जित्यो, पहिले ब्याटिङ गर्दै जनकपुर
काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया