गुगलको केबलले एशियाली सम्बन्ध बलियो बनाउने

काठमाडौं । गुगलको एप्रिकट सबसी केबलले एशियाली सम्बन्ध (कनेक्शन) अझ बलियो बनाउने बताएको छ ।
गुगलले हालै एप्रिकट नामको सबसी केबलको घोषणा गरेको भन्दै यसबाट एसियाका सिंगापुर जापान, गुआम, फिलिपिन्स, ताइवान तथा इन्डोनेसियाबीच अन्तरआबद्धता अझ मजबुत हुने दाबी गरेको छ ।
एप्रिकट केबल सेवाका लागि सन् २०२४ मा तयार हुने र यसले हालै घोषणा गरिएको अमेरिका, गुआम, सिंगापुर र इन्डोनेसिया जोड्ने इको केबल परियोजनाको परपूरकको भूमिका निर्वाह गर्ने बुझिएको छ ।
यी दुवै केबल परियोजनाले गुगल क्लाउड तथा डिजिटल सेवाका लागि उच्च स्तरको उत्थानशीलता सुनिश्चि गर्नका लागि गुगललाई दक्षिणी एसियामार्फत् नोलो बाटो उपलब्ध गराउने गुगल ग्लोबल नेटवर्किङका उपाध्यक्ष तथा दूरसञ्चारका लागि गुगल क्लाउडका प्रविधि र रणनीति प्रमुख विकास कोलेले जानकारी दिएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।
केबलले एसियाली व्यवसायहरुलाई दक्षिणपूर्वी एसिया, उत्री एसिया तथा अमेरिकासँगको कनेक्टिभिटीमा कम लेटेन्सी, धेरै ब्यान्डविथ तथा बढ्दो उत्थानशीलतासहितको सेवा प्रदान गर्ने इकोनोमिक टाइम्समा उल्लेख छ । इको परियोजना आगामी सन् २०२३ मा सेवाका लागि तयार हुने छ ।
गुगलले अमेरिका र यूरोपबीच पनि सबसी केबल पूर्वाधार निर्माण गरिरहेको छ । यसै वर्षको शुरुवातमा कम्पनीले अमेरिकाको भर्जिनिया, फ्रेन्च, एटलान्टिक, कोस्टको सेन्ट–हिलेयर–डे–रियाजसँग जोड्ने डुनान्ट सबसी केबलको शुरुवात गरेको थियो । यो परियोजना पूरा हुन २ वर्ष लागेको थियो भने यसले एटलान्टिक सागर हुँदै २ सय ५० टेराबिट प्रतसेकेन्डको ब्यान्डविथ दिने क्षमता राख्दछ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया