पार्टी विभाजनको ‘क्षति’ रोक्न ओलीको दौडधुप

काठमाडौं । एमाले अध्यक्ष केपी ओली विहिवार विहानै देखि ब्यस्त थिए । उनको ब्यस्तता यतिसम्म देखियो की उनलाई भ्याई–नभ्याई छ । विहानै देखि भक्तपुर बालकोटस्थित निवासमै भेट गर्न आईपुगेका नेता कार्यकर्ता भेटघाट गर्ने देखि दिनभरको ब्यस्त कार्यतालिका सम्मले ओलीलाई फूर्सद छैन भन्ने देखाएको छ ।
हुन त ओलीको साँझ अवेर सुत्ने र विहान फेरि छिट्टै उठिहाल्ने बानी छ । वुढ्यौली उमेरमा पनि अन्य नेताहरु भन्दा सक्रियतापूर्वक खटिन सक्ने ओलीको आँट छ ।
यतिवेला उनको पार्टी एमाले दुई टुक्रा भएको छ । गत २०७४ फागुनमा माओवादी केन्द्रसँग समेत चुनावी गठबन्धन बनाएर झण्डै दुई तिहाईको बामपन्थी सरकारको नेतृत्व गरेका ओलीलाई त्यसवीचमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी मिलाएको जस पनि थियो । तर त्यो धेरै दिन टिक्न सकेन ।
ओलीकै कार्यशैली र राजनीतिक कदमलाई दोष देखाउँदै नेकपाभित्रै हुँदा उनको पार्टीभित्रै विरोध भयो । उनी एकातिर माधव नेपाल र प्रचण्ड अर्काे खेमातिर हुन पुगे । त्यसवाट करिव–करिव पार्टी जीवनमै निक्कै रक्षात्मक हुन पुगेका ओलीलाई सर्वाेच्च अदालतको एउटा फैसल्लाले ठूलै राहत दिलाई दियो ।
त्यो फैसल्ला थियो – एमाले र माओवादी लाई पूर्ववत अवस्थामै फकाईदिने निर्णय ।
त्यसपछि भने ओली एमालेमा बलियो त देखिए । तर सत्ता राजनीति भने उनले क्रमशः गुमाउँदै गए । उनले आफैले नेतृत्व गरेको सरकार ४२ महिनापछि छोडेर हिडनुपरयो । गण्डकी, लुम्विनी जस्ता प्रदेशमा उनका विश्वासप्राप्त नेताहरुले नेतृत्व गरेको सरकार पनि गल्याम्मै ढल्न पुग्यो । त्यसमा पनि पार्टीभित्रकै माधव नेपाल समुहले खेलेका कतिपय भूमिकाका कारण उनको सोच र योजनामा सधै ‘करौती’ चलिरह्यो ।
अन्ततः वुधबारबाट त उनको पार्टी एमाले नै दुई टुक्रा भईदियो । स्थानिय तह, प्रदशे देखि केन्द्रसम्मको चुनाव सन्निकट रहेको बेला एमाले विभाजित भईदियो । यसले ओलीलाई स्वभाविक चोट लाग्नेछ ।
माधव नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । त्यो अहिले आयोगमा दर्ताको प्रक्रियामा छ । नेपालले नयाँ पार्टी दर्ता गराएपछि आएको यो विभाजनवाट एमालेको पार्टी संगठनमा कति क्षति पुग्ला ?
अहिले त्यसको लेखाजोखा शुरु भएको छ । तल्लो तहसम्म नै विभाजित रहेको एमालेमा रहेका कतिपय नेता कार्यकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा छन् । संघ, प्रदेश र स्थानिय तहकै जनप्रतिनिधीहरु प्नि कतिपय पर्खने र हेर्ने मुडमै देखिएका छन् ।
नवौं महाधिवेशनमा प्यानलगत रुपमै निर्वाचन भिडेका कारण केन्द्र देखि स्थानिय तहका पनि सेल कमिटिसम्मै ओली र नेपाल पक्षको प्रष्ट कित्ताकाँट थियो । तर अव विभाजननै भएको अवस्थामा तलसम्म त्यसको असर के पर्छ ? अहिले एमालेका नेताहरु लेखाजोखा गर्न थालेका छन् । सकभर संगठनमा पर्ने क्षति रोक्न यतिवेला ओलीको दौडधुप शुरु भईसकेको छ ।

सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी गरेदेखि नै ओलीको वढेको ब्यस्तताले यही कुराको झल्को दिन्छ । एमाले–माओवादी पूर्नस्थापित भए देखि नै माधव नेपाल विनाको एमाले बनाउने ओलीको सपना अहिले करिव पूरा भएको छ । नेपाललाई र वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीमा आउनबाट रोक्ने र नेपाल समुहमा रहेका अन्य नेताहरु तान्ने रणनीतिमा करिव ओली पार्टी फुटेपनि एक हदमा सफल भएका छन् ।
त्यही भएर नै हुनुपर्छ, अव माधव नेपालले संगठन टुक्राएर लैजान सक्ने जनशक्ति रोक्न ओली यतिवेला सक्रियतापूर्वक जुटेका छन् । उनले संसद अधिवेशन सरकारले अन्त्य गरेको रात मध्यरातमा पार्टी नेता कार्यकर्तालाई एकताको अफिल गरेर एकताका लागि कार्यदलले बनाएको १० वुँदेमा आफु प्रतिवद्ध रहेको सार्वजनिक वक्तब्य दिएका थिए । माधव नेपाल समुहका प्रभावशाली नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई सम्मलाई त्यही वक्तब्यका आधारमा एमालेमै रोकिन ‘सेफल्यान्डिङ’ ओलीले गरिदिएका थिए ।
त्यसमाथी ओलीले अहिले नेपाल समुहका अन्य नेता कार्यकर्ता लाई पनि एमालेमै रोक्ने र नेपालसँग जान नदिन व्रम्हअस्त्र फाल्न थालेका छन् ।
त्यसको एउटा पछिल्लो उहाहरण बाग्मति प्रदेशका मुख्यमन्त्री वनेकी अष्टलक्ष्मी शाक्यलाई लिन सकिन्छ । पहिले आफैले मुख्यमन्त्री बन्न नदिएकी शाक्यलाई पार्टी फुटेकै दिन ओलीले मुख्यमन्त्री बनाईदिएका छन् ।
अन्य नेता कार्यकर्तालाई पनि उनले सोही अनुसार एमालेभित्रै सुरक्षित गर्न अनेक प्रयत्न जारी राखेका छन् । नेपालले नेकपा एमाले समाजवादीमा केन्द्रीय सदस्य बनाएर निर्वाचन आयोगमा दर्ता गराएका बाग्मति प्रदेशका सांसद कृष्ण खनाललाई प्रदेशकै सामाजिक विकास मन्त्री बनाएर ओलीले रोकेका छन् ।
अहिले ओलीको ध्यान नै सकभर नेपाल समुहलाई तत्कालिन केन्द्रीय समितिमा २० प्रतिशत पूग्न नदिने र सांसदमा पनि २० प्रतिशत पुग्न नदिने रणनीतिमा छ । त्यसैका लागि उनले समानुपातिक सहितका १४ सांसदलाई कारवाहीको डन्डा चलाएर संसद सचिवालयमा पदमुक्त गर्न पत्र दर्ता गराएका छन् । सभामुख सापकोटालाई माधव नेपाल सहितलाई पदमुक्त गर्न सूचना जारी गर्न लगाउन प्रमुख सचेतक सहितका नेतालाई परिचालन गरेर विहिवार नै दवाव वढाईरहेकै छन् ।
‘दल विभाजनका लागि रहेको ४० प्रतिशतबाट घटाएर २० प्रतिशत ल्याए । त्यो पनि संसदीय दल र केन्द्रीय समितिमध्ये जहाँ भए पनि हुने रे । हामीले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झर्छ, तीनको पार्टी दर्ता हुन पनि पाउँदैन ।’ ओलीले विहिवार भक्तपुरमा आयोजित कार्यकर्ता सम्वोधनका क्रममा भने ।
ओलीले बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्र उद्घाटन कार्यक्रममा पनि नेपाल समुहलाई आरोपित गर्ने र पार्टी नेता–कार्यकर्ता एमालेमै जोगाउने रणनीति अख्तियार गर्न खोजे । एउटा भिडियो अन्तर्वार्ता पनि उनले विहिवार दिए । साँझ फेरि भक्तपुर जिल्ला संगठन समितिको आयोजनामा नेता कार्यकर्तालाई विशेष सम्वोधन गरे । सकभर आफैले नेता कार्यकर्तालाई सम्वोधन गरेर हुन्छ या अन्र्तवार्ताहरु दिएर हुन्छ आफना् कुरा धेरै भन्दा धेरै नेता कार्यकर्ता तहमा पुराउने र आफना कुरा सुनाउने रणनीति अन्र्तगत नै ओलीका विहिवारका कार्यक्रमहरुलाई लिन सकिन्छ ।

ति सवै सम्वोधनमा एमालेलाई विभाजनले कुनै क्षति नपुग्ने भन्दै नेता कार्यकर्तालाई उत्साहित बनाउने र एमालेमै सुरक्षित गर्ने भाषणवाजी ओलीले गरेका छन् । ‘संसारमा कुनै पात नझर्ने रुख हुँदैन । हामीमा त्यस्तै भयो’ भन्दै ओलीले एमाले नामको ठूलो रुखवाट माधव नेपाल लगायतका केही नेताहरु सामान्य पातका रुपमा मात्र झरेको टिप्पणी गरे । पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको बताए ।
अहिले ओलीको ध्याउन्न मुख्यत प्रदेश १, बाग्मति प्रदेश र सुदुरपश्चिम प्रदेशका एमाले बाट निर्वाचित सांसदहरु तिर देखिएको छ । प्रदेश १ मा वढीमा ८ सांसदले एमाले छोडेर माधव नेपाल समुहमा ग एभने त्यहाँ ओली पक्षका नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश सरकार गुम्नेछ । त्यहाँ माधव नेपालतिर जान सकने सांसदहरुको संख्या देखिन सक्ने भएकाले ओलीले चलाखीका साथ मुभ वढाएको ओली निकटका एक केन्द्रीय नेताले बताए ।
उता बाग्मतिमा नेपाल समुहकै नेतृ अष्टलक्ष्मीलाई तानेर उनले नेपाल समुहलाई कमजोर मात्र बनाएनन, एमालेकै नेतृत्वको सरकार टिक्ने वतावरण बनाएको ओली निकटका ति नेताले भने । उनको ध्यान यस अतिरिक्त सुदुरपश्चिम प्रदेशमा अहिले छ । त्यहाँँ माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।
एमालेको माधव नेपाल समुहको साथमा भट्टले सरकार जोगाएका थिए । तर अहिले प्रदेश सभाका सांसदहरुका वीचमा प्रभावी मानिएका भीम रावल एमालेमै रहने भएपछि आफुहरुको सरकार निर्माणमा ओलीले एमाले सांसद जोगाएर नयाँ चाल चाल्न खोजेको एमालेभित्र चर्चा छ ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया