सरकार बनाउन काबुल पुगे तालिबानको बरादर

काठमाडौं । अफगानिस्तानमा नयाँ सरकारको गठनको उद्देश्यले तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् ।
तालिबानका एक वरिष्ठ अधिकारीले सामाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले काबुलमा रहँदा तालिबानका अन्य सदस्य र नेतासँग कुराकानी गर्ने बताएका छन् । ‘उहाँले एक समावेशी सरकार स्थापनाका लागि काबुलको जिहादी नेता र अन्य मानिसहरुलाई भेट्नुहुनेछ,’ उनले भने ।
१५ अगष्टमा तालिवानले अफगानिस्तान कब्जा गरेको थियो । अफगानिस्तानमा आफ्नो सरकार गठनका लागि उनि राजधानि काबुल पुगेको विविसीले जनाएको छ ।
बरादरलाई सन् २०१० मा पाकिस्तानबाट पक्राउ गरिएको थियो । सन् २०१८ मा उनलाई कतार पठाइएको थियो ।
दोहामा अमेरिकी सैनिकको फिर्ताको सम्झौतामा हस्ताक्षरका लागि तालिबानको राजनीतिक कार्यालयका प्रमुखमा उनलाई नियुक्त गरिएको थियो । बरादर मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो सहर पुगेका थिए। जसलाई तालिबानको जन्मस्थल पनि मानिन्छ।
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया