सरकार बनाउन काबुल पुगे तालिबानको बरादर
काठमाडौं । अफगानिस्तानमा नयाँ सरकारको गठनको उद्देश्यले तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् ।
तालिबानका एक वरिष्ठ अधिकारीले सामाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले काबुलमा रहँदा तालिबानका अन्य सदस्य र नेतासँग कुराकानी गर्ने बताएका छन् । ‘उहाँले एक समावेशी सरकार स्थापनाका लागि काबुलको जिहादी नेता र अन्य मानिसहरुलाई भेट्नुहुनेछ,’ उनले भने ।
१५ अगष्टमा तालिवानले अफगानिस्तान कब्जा गरेको थियो । अफगानिस्तानमा आफ्नो सरकार गठनका लागि उनि राजधानि काबुल पुगेको विविसीले जनाएको छ ।
बरादरलाई सन् २०१० मा पाकिस्तानबाट पक्राउ गरिएको थियो । सन् २०१८ मा उनलाई कतार पठाइएको थियो ।
दोहामा अमेरिकी सैनिकको फिर्ताको सम्झौतामा हस्ताक्षरका लागि तालिबानको राजनीतिक कार्यालयका प्रमुखमा उनलाई नियुक्त गरिएको थियो । बरादर मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो सहर पुगेका थिए। जसलाई तालिबानको जन्मस्थल पनि मानिन्छ।
प्रतिक्रिया