मोबाइल सेवाको नवीकरण दस्तुर असुल गर्न महालेखाको निर्देशन

काठमाडौं । सरकारलाई मोबाइल सेवा प्रदायकहरुबाट ४३ अर्ब ६९ करोड रुपैयाँ एकमुस्ट असुल गर्न महालेखापरीक्षकले सुझाब दिएको छ ।
हालै सार्वजनिक भएको ५८औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा नवीकरण दस्तुर दुई कम्पनीहरुले किस्तामा बुझाउन सक्ने व्यवस्था गरेको भन्दै सो रकम समयमा नै असुल गर्न भनेको हो ।
कबुल गरेको दस्तुर एकमुष्ट असुल गर्नुपर्नेमा कानूनी आधार बेगर नै नेपाल सरकारले किस्तामा बुझाउन सक्ने व्यवस्था गरेको छ । यो वर्षसम्म २ सेवा प्रदायकले नवीकरण दस्तुर ४३ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ बुझाएका छैनन् ।
सरकारले नेपाल टेलिकम र एनसेल आजियाटालाई मोबाइल सेवाको नवीकरण दस्तुर रकम किस्ताबन्दीमा तिर्ने सुबिधा दिएको छ । जसअनुसार कम्पनीहरुले पाँच किस्तामा सो रकम तिर्नसक्ने सुबिधा पाएका हुन् ।
सोही किस्ता सुबिधालाई महालेखापरीक्षकले गैर कानूनी ठहर गरेको हो । प्रतिवेदनमा युनिफाईड लाइसेन्स दस्तुरसमेत कम्पनीहरुले समयमा नतिरेको भन्दै असुल गर्न निर्देश गरेको छ ।
दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँट तथा मूल्यसम्बन्धी नीति, २०७३ मा आधारभूत टेलिफोन सेवाको नवीकरण दस्तुरको सम्बन्धमा व्यवस्था गरेअनुसार नै दुई सेवा प्रदायकहरुबाट त्यस्तो रकम ३ अर्ब ४० करोड असुल गर्न भनेको हो ।
युनिफाईडको अनुमति पत्र प्राप्त गरेको १० वर्षको निमित्त सेवा प्रदायकले अनुमति पत्र प्राप्त गरेको वर्षदेखि नै तोकिएको रकम भुक्तानी गर्नुपर्ने नीतिमा उल्लेख छ ।
यस्तो अनुमति पत्रको नवीकरणको लागि २० अर्ब १३ करोड २८ लाख रुपैयाँ दाखिला गरेपश्चात मात्र नवीकरण गरिने प्रावधान छ ।
तर युनिफाईडको लाइसेन्स लिएका युनाईटेड टेलिकम लिमिटेड यूटिएल र स्मार्ट टेलिकम प्रालीले भने सो रकम समयमा नै भुक्तानी गरेका छैनन् । दुबै कम्पनीहरुले किस्ताबन्दीमा सो रकम बुझाउने सुबिधा प्राप्त गरेका छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया