गृहमन्त्रीद्वारा भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर आज विमानस्थलको प्रगतिबारे जानकारी लिएका हुन् ।
मन्त्री खाँणको जिज्ञासामा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेशन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको र भारतीय टोली आएर काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्थामा पुग्ने जानकारी गराएका छन् । अन्य आवश्यकपर्ने भवन र भौतिक संरचना तयार भएका र फिनिसिङको काम भइरहेको जानकारी गराए ।
मन्त्री खाँणको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरुआत भएपछि आन्तरिक उडानमा कस्तो चाप पर्छ भन्ने जिज्ञासामा महानिर्देशक पोखरेलले खासै असर नगर्ने जानकारी गराएका थिए ।
उनीहरुले विमानस्थल निर्माणको प्रगति, देखिएका समस्या, अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या तथा रातजनीतिक तहबाट समाधान गर्ने विषयबारे मन्त्री खाँणलाई अवगत गराएका थिए ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया