काठमाडौँ हिँडेको बस दुर्घटना हुँदा दुईको मृत्यु, ४१ घाइते
मेरोन्यूज
२०७८ भदौ ९ गते १८:१५
काठमाडौँ । सिन्धुपाल्चोकको ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ हिँडेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कोशीपारि यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो ।
घटनामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।
धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०–४५ वर्षको पुरुष राजन बराम र अन्दाजी २०–२२ वर्षका पुरुष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिए ।
सम्बन्धित











पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया