‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता’ सम्पन्न

काठमाडौं । चौधरी ग्रूपको वाइवाइ चाउचाउले हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता संचालन गरेको छ ।
बुधबार चौधरी ग्रूपअन्तगतको सिजी फूड्सले विज्ञप्ती जारी गर्दै वाइवाइले नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता संचालन गरेको बताएको छ । विश्व संगीत दिवसको अवसमा प्रतियोगीता संचालन गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘हाल प्रचलमा रहेको सामाजिक सञ्जालको व्यापक प्रयोग गर्दै हामीले युवा वाद्यवादकहरु, गायक गायिकाहरु र संगीतकारहरुलार्य नेपालभरबाट सहभागीता जनाउन उनीहरुद्वारा रिमिक्स गरिएको मूल जिंगललार्य हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता पेजमा प्रषित गर्न आह्वान गरेका थियौं । उक्त दिनदेखि एक महिनासम्म संचालन गरिएको यो प्रतियोगीता गएको जुलाई २१ मा (भदौ ५ गते) समाप्त भएको थियो ।’
प्रतियोगीतामा सहभागी बन्नका लागि युवाहरुलाई प्ररित गर्नेहरुमा सिजी फूड्सले धन्यावाद दिएको छ । प्रतियोगीतामा ६२ जनाको रिमिक्स जिंगल प्राप्त भएको थियो । प्रतियोगीता र्यापदेखि पप, रकदेखि स्थानयि शास्त्रीय संगीत प्राप्त भएको सिजी पूड्सले जनाएको छ ।
देशभरबाट सहभागी मध्येबाट उत्कृष्ट १० छनौट गरी त्यसबाट विजेता घोषणा गरिने छ । बुधबार नै एक जना घोषणा गर्ने र विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार दिने सिजीले जनाएको छ ।








निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया