फरार अभियुक्त १७ वर्षपछि पक्राउ
मेरोन्यूज
२०७८ भदौ १० गते ७:०३

सिन्धुपाल्चोक । सवारी ज्यान मुद्दामा फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको मिति २०६१ पुस १९ गतेको फैसलाले १२ दिन कैद जरिवाना सजाय भई फरार रहेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ बस्ने ३८ वर्षीय विभोर श्रेष्ठलाई बुधबार प्रहरीले चौतारा साँगाचोकगढी–५ स्थित चौतारा बजारबाट पक्राउ गरेको हो ।
श्रेष्ठलाई पक्राउ गरी कैद जरिवाना असुलउपरका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरेकामा अदालतले श्रेष्ठलाई बुधबारै जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
सम्बन्धित















इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु
उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
नवपुस्ताका मतदाता भन्छन् : ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
अजरबैजानमा इरानी ड्रोन आक्रमण
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया