बिहीबार, फागुन २१, २०८२

कर्णाली र सुदुरपश्चिम बाहेकका प्रदेशमा आज भारी वर्षा हुने

मेरोन्यूज २०७८ भदौ १० गते ७:४४

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू–भागको नजिक रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

अहिले देशभर सामान्य देखिपूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम खालको भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ ।

यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको मौसम सम्वन्धी बुलेटिनमा उल्लेख छ ।

साथै प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया