ललितपुरबाट ईपीएल खेल्दै इंग्ल्यान्डका एलेक्स

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी – ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डका क्रिकेटर एलेक्स ब्लाके खेल्ने भएका छन् । ललितपुरले बुधबार एक विज्ञप्ति निकाल्दै एलेक्सलाई साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने जनाएको छ ।
चौंथो संस्करणको ईपीएल क्रिकेट आगामी असोज ९ गतेदेखि असोज २३ गतेसम्म राष्ट्रिय स्तरका चर्चित र चर्चित विदेशी खेलाडी टियुको क्रिकेट मैदानमा खेल्ने भएका हुन् ।
उनले अगस्ट २०१४ मा भारत बिरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए भने २०१५ को डिसेम्बरमा दक्षिण अफ्रिका बिरुद्धको टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। देब्रे हाते ब्याट्सम्यान एलेक्सले केन्ट काउन्टी क्रिकेट क्लबबाट खेल्ने गर्छन् ।
पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदी, अफगानिस्तानका मोहम्मद शहजाद लगायतका खेलाडीले प्रतियोगिता खेल्ने पक्का भैसकेको छ ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।


















क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा
कर्णाली नदीमा बेपत्ता बुबाछोराको शव फेला
खजुरा क्षेत्रमा फुटबलको आकर्षण बढ्दै
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया